आठ महिनापछि संसदीय समितिले पाउने भए सभापति, भदौ ११ गते निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभा सञ्चालन हुन थालेको झन्डै ८ महिनापछि यसअन्तर्गत रहेका संसदीय समितिले नेतृत्व पाउने भएको छ । सभामुख देवराज घिमिरेले बिहिबार प्रमुख चार दलका प्रमुख सचेतक र कानून मन्त्रीसँगको छलफलपछि सभापतिको निर्वाचन कार्यक्रम तोकेका हुन् ।
संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते १ बजेका लागि तोकिएको सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीले जानकारी दिएका छन् । संसद बैठक बस्न थालेको ५ महिनामा संसदीय समिति गठन भएपनि सभापति चयन नगरी जेष्ठ सदस्यको अध्यक्षतामा बैठक सञ्चालन गरिँदै आइएको थियो । प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति रहेका छन् भने राष्ट्रियसभाका सदस्यहरुको प्रतिनिधित्व सहित २ वटा संयुक्त समिति रहेका छन् ।
समितिहरुमा सभापति चयन प्रक्रियामा ढिलाई हुँदा विधेयकमाथिको छलफल लगायतका विषय प्रभावकारी हुन सकेको थिएन । दलहरुबीच संसदीय समितिमा नेपाली कांग्रेसले ४ वटा समितिको नेतृत्व पाउने सहमति भएको छ ।
एमालेले ३, नेकपा माओवादी केन्द्रले २, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले ११ समितिको सभापति पाउने यसअघि नै सहमति भइसकेको छ । समितिहरुमा सभापति चयनका लागि केही सदस्यहरुको आवद्ध समिति हेरफेर गर्ने तयारी समेत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ