नीति निर्माणका कार्य भदौ महिनाभित्रै सम्पन्न गर्न मन्त्री शर्माको निर्देशन
_7zMlv871r8.jpg)
सुर्खेत । कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले मन्त्रालय अन्तर्गतका नीति, निर्माणका कार्य भदौ महिनाभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् ।
शर्माले बिहीबार मन्त्रालयका सचिव, मातहतका कार्यालय र महाशाखा सबैसँगको छलफलमा कार्य सम्पादनलाई बलियो बनाउने र परिणाम निकाल्ने गरी लाग्नुपर्ने भन्दै नीतिगत कुराहरु चाँडो सक्नुपर्ने बताए ।
सरकारले सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै उनले कार्यसम्पादनलाई बलियो र प्रभावकारी बनाउनुपर्ने बताए ।
‘मन्त्रालयबाट गरेका काम नागरिकसँग जोडिन्छन्,’ उनले भने,‘ यसको जबाफदेहिता मन्त्री हुने भएकाले तथ्यमा आधारित भएर कार्यसम्पादन गर्नुहोला ।’
मन्त्री शर्माले तथ्य र तथ्यांकका आधारमा काम गर्नुपर्ने र त्यसले परिणाम पनि दिने बताए । ‘गुनासो सानो होला तर, यसले जिम्मेवार बन्न र जबाफदेही बनाउन सहयोग गर्छ,’ शर्माले भने,‘ कार्यमा कसैले हीनताबोध नगरी जिम्मेवारी बन्न तयार हुनुपर्छ ।’
यस्तै शर्माले तालिमहरु ठुलाठुला होटेल र लजमा गर्ने बानीको विकासलाई निरुत्साहित गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कला र संस्कृतिलाई पर्यटनसँग जोड्न सके देशले महत्त्वपूर्ण फड्को मार्नेछ : अध्यक्ष दाहाल
-
बागमती प्रदेशमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट
-
जिल्ला समिति काठमाडौँले किन गर्यो वाईसीएलको सपथ ग्रहण कार्यक्रम बहिष्कार ?
-
भुटानमा मानव अधिकारको चरम उल्लङ्घन जारी : भुटान वाच
-
सदनको गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक : महेश बर्तौला
-
भिजिट भिसा प्रकरणमा विपक्षी दलले राखेका विषयमा छलफल जारी छ : पाण्डे