युक्रेनमा कडा सुरक्षाबीच स्वतन्त्रता दिवस मनाइयो
कीएभ । युक्रेनले बिहीबार आफ्नो स्वतन्त्रता दिवसको ३२ औँ वार्षिकोत्सव मनाएको छ ।
युक्रेनको राजधानी कीएभस्थित सेन्ट सोफिया स्क्वायरमा आयोजित स्वतन्त्रता दिवस समारोहलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन आफ्नो स्वतन्त्रता कायम राख्न सक्षम रहेको विश्वास व्यक्त गरे ।
“हामी युक्रेनको स्वतन्त्रतामाथिको पकड गुमाउने छैनौं । हामी सबै यो भावनाबाट एकताबद्ध छौं,” जेलेन्स्कीले भने ।
औपचारिक समारोहमा जेलेन्स्कीले रूस–युक्रेन द्वन्द्वमा भाग लिएका युक्रेनी सैनिकलाई राजकीय पुरस्कार प्रदान गरेका थिए ।
नष्ट भएका रुसी हतियार र सैन्य उपकरणहरूको प्रदर्शनी मध्य ख्रेसचाटिक स्ट्रिटमा आयोजित गरिएको थियो, जसमा ट्याङ्कहरू, लडाकु वाहनहरू र अवरोधित क्षेप्यास्त्रहरूको अवशेषहरू प्रदर्शन गरिएको थियो ।
तथापि, देशका धेरै क्षेत्रहरूमा, नयाँ आक्रमणहरूको चिन्ताको कारण सार्वजनिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको थियो । युक्रेनले सोभियत संघबाट सन् १९९१ अगस्ट २४ मा स्वतन्त्रता प्राप्त गरेको थियो । यो दिनलाई देशको स्वतन्त्रता दिवसको रूपमा मनाइन्छ ।- (रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण