नेपालमा छोटे राजाहरुको शासन छ : प्रभु साह
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालमा लोकतन्त्र देखाउने दाँत मात्रै भएको भन्दै छोटे राजाहरुले हालीमुहाली गर्दै शासनसत्ता चलाइरहेको बताएका छन् ।
सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष साहले के नेपालमा लोकतन्त्र छ र जनता साँच्चिकै शासक भइसके भनेर प्रश्न समेत गरे ।
‘प्रस्ट देख्न सकिन्छ कि नेपालमा दलका नेता र नेताका आशेपासेहरुको शासन छ’, साहले भने, ‘तिनीहरुको हालीमुहाली छ । आम जनता निरीह छन् ।’
देखाउने दाँत लोकतन्त्र भएपनि चपाउने दाँत दलतन्त्र भएको भन्दै पूर्वमन्त्री समेत रहेका साहले केही दल र त्यसका आसेपासेहरुले गरेको राज जनताले लाचार भएर हेर्नुपरेको बताए । दलीय सिन्डिकेट र दलीय निरंकुशतामा छोटे राजाहरुले रजगज गरिरहेकाले यो शासन प्रणालीबाट नेपालको भविष्य खोज्न नसकिने बताए ।
प्रतिनिधि सभाको १० वटा समितिमा भइरहेको चुनावमा सत्तापक्ष र प्रतिपक्ष नै नचिनिएको भन्दै उनले दलीय भागवण्डामा सभापति बाँडेर चुनावको नौटंकी देखाइरहेको बताए ।
साहले ठुला नेता मिलेर देश लुट्ने काम गरेको भन्दै ललिता निवासको छानबिनमा लगौटी लगाइएको बताए । त्यस्तै उनले सुन काण्डमा पनि ठुला पार्टीका नेता तानिएपछि जनताको दिमाग डाइभर्ट गर्न धरान काण्ड चलाइएको बताए ।
साहले गौर हत्याकाण्डको छानबिन गर्दा कुर्सी हल्लिने भएकाले लटरपटर गरेर सरकारले नै कानुनी शासनको खिल्ली उडाएको आरोप लगाए । उनले गौर हत्याकाण्डमा पीडितले न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण