आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गौर हत्याकाण्डको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा जानसक्छः प्रभु साह

सोमबार, ११ भदौ २०८०, १५ : ५१
सोमबार, ११ भदौ २०८०

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डको मुद्दा अन्तर्राष्ट्रिय अदालत हेगमा गएर हाल्ने चेतावनी दिएका छन् । 

सोमवार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले गौर हत्याकाण्ड भएको १७ वर्ष बितिसक्दा पनि पीडितले न्याय नपाएका भन्दै न्यायको लागि अन्तर्राष्ट्रिय अदालत हेगमा जाने चेतावनी दिएका हुन् । 
उनले १७ वर्ष अगाडी नै मुद्दा दर्ता भएको भएपनि प्रक्रिया अगाडी नबढेको भन्दै पीडितले नेपालमा न्याय नपाएमा हेग जाने अवस्था आउने बताए । उनले सरकारले आफ्नो कुर्सी हल्लिने भएपछि गौर हत्याकाण्डको विषयमा छानबिन नगरेको बताए । उनले सरकारले कानूनी शासनको खिल्ली उडाउने काम गरेको बताए । 

उनले भने, ‘गौर हत्याकाण्ड १७ वर्ष भइसक्यो । मुद्दा दर्ता छ । मुद्दा दर्ता भएपछि दुनियाँले बुझ्छ अब प्रक्रियामा जान्छ । १७ वर्ष अगाडी मुद्दा दर्ता छ तर कानून लाग्दैन । सरकारले भन्छ हामी छानबिन गर्छौैं, तर कुर्सी हल्लिने भएपछि भन्छ केहीदिन रोक्नुपर्छ । लटरपटर गर्नुपर्छ । केही गर्नु हुँदैन । भने यो कानूनको शासन हो ? कुर्सीको शासन भन्ने कि कानूनको शासन भन्ने ? न्यायको लागि सरकार बनेको हो कि ? कुर्सी बचाउन सरकार बनेको हो भन्ने प्रश्न आउँछ ? कानूनको शासनको खिल्ली उडाउने काम भएको छ । यदी सरकारले यसरी सत्ता जोगाउने र लटरपटर गर्ने हो भने पीडितहरु चुप लागेर बस्दैनन् । हाम्रो पार्टी चुप लागेर बस्दैन । पीडितहरु नेपालमा न्याय पाउन सकेनन् भने अन्तर्राष्ट्रिय अदालत हेग जानसक्छ । यो चेतावनी दिन चाहन्छौँ हामी । यो कार्यक्रममार्फत सरकारलाई भन्न चाहन्छु, तपाईलाई कुर्सी प्यारो हो भने नेपाली जनता चुप लागेर बस्दैन । आम जनता पार्टी चुप लागेर बस्दैन ।’

अध्यक्ष साहले ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्रीहरुलाई मुद्दा चलाउनुपर्नेमा केवल साक्षि मात्रै बनाइएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप