‘कर्णालीमा खाद्य सुरक्षाका लागि सरकार गम्भीर छ’
सुर्खेत । कर्णाली प्रदेशका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले खाद्य सुरक्षाका लागि सरकार गम्भीर रहेको बताएका छन् ।
कर्णालीको हिमाली जिल्लामा खाद्य सुरक्षा र जोखिममा रहेका बस्तीहरुको सुरक्षाका लागि सरकार गम्भीर रहेको उनले बताए ।
मन्त्री जिसीले प्राकृतिक विपद् व्यवस्थापन, राहत तथा उद्धारका कार्यमा पनि सरकारले सक्रियताका साथ काम गरिरहेको बताए ।
विश्व खाद्य सुरक्षा कार्यक्रम डीपुटी कन्ट्री डाईरेक्टर निल्स बाल्जर लगायतको टोलीले मंगलबार कर्णालीको विपद् र खाद्य सुरक्षाको विषयमा मन्त्री जिसीसँग छलफल गरेको थियो ।
कर्णालीमा यो वर्षको अहिलेसम्म ठुलै क्षति नभए पनि वर्षाका कारण केही बस्ती बाढी र पहिरोको उच्च जोखिममा रहेको मन्त्री जिसीले बताए ।
उनले वर्षाका कारण खेतीबाली नष्ट भएका कारण खाद्य असुरक्षा भएकाले प्रदेश सरकारले विश्व खाद्य कार्यक्रमसँग साझेदारी गरेर काम गर्न चाहेको बताए ।
विश्व खाद्य सुरक्षा कार्यक्रम डीपुटी कन्ट्री डाईरेक्टर निल्स बाल्जरले प्रदेशका हिमाली जिल्लामा जनतासँग काम गर्न पाएको प्रति खुसी व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु
-
‘तल्लो तहका नागरिकलाई सघाउन शिक्षा र स्वास्थ्य कर’
-
पारिश्रमिक माग्दा ‘लापता लेडिज’का अभिनेतालाई निर्देशकले पिटेको दाबी
-
बजेटलाई सघाउने गरी मौद्रिक नीति ल्याउँदैछौँ : कार्यकारी निर्देशक पौडेल
-
गर्धन किन कालो देखिन्छ ?
-
पोखरामा २१औँ रोपाइँ महोत्सव, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण