मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

शैक्षिक क्षेत्रमा देखिएका कमीकमजोरी हटाउन एप्क्यानको स्थापना

मङ्गलबार, १२ भदौ २०८०, २० : ५६
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । शैक्षिक क्षेत्रमा देखिएका कमीकमजोरी हटाउनका लागि शैक्षिक परामर्श व्यवसायी संघ (एप्क्यान) को स्थापना भएको छ । मंगलबार काठमाडौँमा एक कार्यक्रमका बीच उक्त संस्थाको स्थापना भएको हो । 

एप्क्यानको संस्थापक अध्यक्ष प्रज्वल बस्नेत चयन भएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले नेपालको शैक्षिक क्षेत्रमा देखिएको विकृतिलाई विश्लेषणात्मक रुपमा अध्ययन गरी सुधार गर्नुपर्ने बताए । 

उनले शैक्षिक क्षेत्रका लक्षित वर्गलाई आवश्यक शैक्षिक परामर्श दिनेदेखि यो क्षेत्रलाई मर्यादित रुपमा अगाडि बढाउनेसम्मको काम गर्ने बताए ।

अध्यक्ष बस्नेत शैक्षिक परामर्श संस्थाहरुले समाजमा सकारात्मक कार्य गर्दै आएको भएपनि त्यसप्रति समाजले हेर्ने नजर नकारात्मक भएको उल्लेख गरे । 

यस्तै कार्यक्रममा प्रज्वल खत्रीले शैक्षिक क्षेत्रमा देखिएका विकृतिको अन्त्य गर्दै शैक्षिक परामर्शमार्फत शिक्षामा गुणस्तरीय सुधार ल्याउन माग गरेका हुन् । 

एप्क्यानले नेपालका शैक्षिक संस्थाहरुको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने बताइएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप