आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एसिया कप सुरु हुनु अघि बङ्गलादेशको टिमलाई झट्का

बुधबार, १३ भदौ २०८०, १० : ४३
बुधबार, १३ भदौ २०८०

क्रिकेट एसिया कप आज अर्थात् बुधवारदेखि सुरु भइरहेको छ । पहिलो खेल मुल्तानमा नेपाल र पाकिस्तान बीच हुनेछ । 

यसैबीच बुधवार बिहान आएको खबर अनुसार बङ्गलादेशका विकेटकिपर ब्याट्सम्यान लिट्टन दास एसिया कपमा खेल्न सक्ने अवस्थामा छैनन् । 

लिट्टनको स्वास्थ्य अवस्था ठिक नभएको र उनलाई ज्वरो आइरहेको खबरमा उल्लेख छ । लिट्टनको साटो अब अनामुल हक बिजोयलाई टिममा समावेश गरिएको छ । 

बिजोयले ४४ वनडे म्याचमा १२५४ रन बनाएका छन् । यसमा तीन शतक पनि समावेश छ ।

बङ्गलादेश र श्रीलङ्काबीच एसिया कपको पहिलो खेल ३१ अगस्ट (भोलि) खेलिनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप