एसिया कप सुरु हुनु अघि बङ्गलादेशको टिमलाई झट्का
बुधबार, १३ भदौ २०८०, १० : ४३
क्रिकेट एसिया कप आज अर्थात् बुधवारदेखि सुरु भइरहेको छ । पहिलो खेल मुल्तानमा नेपाल र पाकिस्तान बीच हुनेछ ।
यसैबीच बुधवार बिहान आएको खबर अनुसार बङ्गलादेशका विकेटकिपर ब्याट्सम्यान लिट्टन दास एसिया कपमा खेल्न सक्ने अवस्थामा छैनन् ।
लिट्टनको स्वास्थ्य अवस्था ठिक नभएको र उनलाई ज्वरो आइरहेको खबरमा उल्लेख छ । लिट्टनको साटो अब अनामुल हक बिजोयलाई टिममा समावेश गरिएको छ ।
बिजोयले ४४ वनडे म्याचमा १२५४ रन बनाएका छन् । यसमा तीन शतक पनि समावेश छ ।
बङ्गलादेश र श्रीलङ्काबीच एसिया कपको पहिलो खेल ३१ अगस्ट (भोलि) खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण