सिंहदरबारमा सभामुख घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल
काठमाडौँ । सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल सुरु भएको छ ।
बुधवार सिंहदरबारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरुबीच छलफल सुरु भएको हो ।
बैठकमा समितिका कामकारबाहीका विषयमा छलफल हुनुका साटै समितिमा विचाराधीन विधेयकहरुका सम्बन्धमा छलफल हुने बताइएको छ । भदौ ११ गते प्रतिनिधि सभाको १० वटा विषयगत समितिको सभापतिहरू सर्वसम्मत रूपमा चयन भएका थिए ।
जसअन्तर्गत सार्वजनिक लेखा समिति सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी, पूर्वाधार विकास समिति सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह छन् ।
त्यस्तै अर्थ समितिको सभापतिमा नेपाली काँग्रेसका सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा नेपाली काँग्रेसका रामहरि खतिवडा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा नेपाली काँग्रेसकी डा.आरजु राणा देउवा र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान छन् ।
त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टीका राजकिशोर यादव, कानून, न्याय तथा मानवअधिकार समितिमा नेकपा (माओवादी केन्द्र) की विमला सुवेदी, महिला तथा सामाजिक मामिला समितिमा एमालेका किरणकुमार साह छन् । सभापतिसँगको सभामुखको छलफलमा नेकपा (एकीकृत समाजवादी) का शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति जनता समाजवादी पार्टीका राजकिशोर यादव भने उपस्थित भएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण