चीनको नक्साप्रति भारतको विरोध
बुधबार, १३ भदौ २०८०, १५ : ३२
नयाँ दिल्ली । चीनले जारी गरेको नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई चीन र भारतका कयौँ क्षेत्र आफ्नो सीमामा देखाएपछि भारतले विरोध जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले नक्साबारे चीनको ‘बेतुकको दाबी’ माथि कडा विरोध जनाएको बताएका हुन् ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले पत्रकारको प्रश्नमा एक बयान पनि जारी गरेका छन् ।
बयानमा भनिएको छ, ‘चीनको तथाकथित २०२३ को ‘स्ट्यान्डर्ड म्याप’ मा भारतको क्षेत्रमाथि दाबी गरिएको छ, त्यसमाथि हामीले कूटनीतिक च्यानलमार्फत कडा विरोध जनाएका छौँ ।’
‘हामी यस्तो आधारहीन दाबीलाई खारेज गर्छौँ । चिनियाँ पक्षको तर्फबाट यस्तो कदमले सीमाको समस्यालाई सुल्झाउनुको साटो थप अल्झाउनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बुँदे ‘हेटौँडा घोषणापत्र’ जारी गर्दै सकियो बागमती मिडिया सम्मेलन
-
विश्वकप खेल्न अमेरिका पुगेका इराकी स्ट्राइकरलाई विमानस्थलमै सात घण्टा केरकार, फोटोग्राफरलाई देश प्रवेशमा रोक
-
रास्वपा प्रदेश अधिवेशन कार्यविधि : को–को हुन्छन् प्रतिनिधि ? कसरी चुनिन्छन् ?
-
दिल्लीमा रास्वपा सरकारका पाँच प्राथमिकता
-
नौ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको एघारौँ सम्मेलन सम्पन्न
-
किन उत्तर कोरिया जाँदैछन् सी जिनपिङ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण