आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
एसिया कप

नेपाली बलरसामु पाकिस्तानी ब्याट्सम्यान दबाबमा : १० ओभर सकिँदा दुई विकेट गुमाएर ४४ रन

बुधबार, १३ भदौ २०८०, १६ : १८
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । एसिया कपको उद्घाटन खेलमा नेपाली बलरले पाकिस्तानी ब्याट्सम्यानलाई दबाबमा राखेका छन् । पहिलो पावर प्लेको समाप्तिसम्म पाकिस्तानले दुई महत्त्वपूर्ण विकेट गुमाएर ४४ रनमात्र बनाउन सकेको छ ।  

नेपालका तीव्र गतिका बलरहरुले पाकिस्तानी बलरलाई दबाबमा पारेका हुन् । पाकिस्तानको पहिलो विकेट करण केसीले लिएका थिए । उनले पाकिस्तानी ब्याट्सम्यान फाखर जामनको विकेट लिएका थिए । करणले जामनलाई १४ रनको व्यक्तिगत स्कोरमा विकेटकिपर आशिफ शेखद्वारा क्याच गराएका थिए । 

करण एसिया कपमा विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । त्यसपछि पाकिस्तानी ब्याट्सम्यान इमाम उल हकलाई कप्तान रोहित पौडेलले रनआउट गराएका थिए । पहिलो विकेट खस्दा पाकिस्तानले २१ रन र दोस्रो विकेट खस्दा २५ रन बनाएको थियो । अहिले पाकिस्तानी कप्तान बाबर आजम र मोहम्मद रिजवान क्रिजमा छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप