आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एसिया कपमा नेपाल र पाकिस्तानको खेल हेर्न बढे इन्टरनेट प्रयोगकर्ता

बुधबार, १३ भदौ २०८०, १७ : ४१
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । एसिया कपको उद्घाटन खेल हेर्ने इन्टरनेट प्रयोगकर्ताको संख्या तीन गुणासम्मले बढेको छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपाली क्रिकेट टोली र पाकिस्तान क्रिकेट टोलीबीच प्रतिस्पर्धा भइरहेको छ । पहिलोपटक एसिया कपमा पुगेको नेपालको खेल हेर्न इन्टरनेट प्रयोगकर्ताको संख्या बढेको हो ।

इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएशन (आइस्पान) का अध्यक्ष सुधीर पराजुली अन्य दिनको तुलनामा आज इन्टरनेटको प्रयोगकर्ता बढेको बताउँछन् । रातोपाटीसँग कुराकानी गर्दै पराजुलीले भने, ‘नेपालको खेल भइरहेको छ । यो समयमा प्रयोगकर्ताको संख्या बढ्ने नै भयो ।’

सुविसु इन्टरनेटका अध्यक्ष समेत रहेका पराजुलीले आफ्नो ब्रोडकास्टर भएकाले कति संख्यामा बढे भन्ने तथ्यांक भने नआउने बताए । यस्तै, वर्ल्ड लिंकले सञ्चालन गरिरहेको नेट टिभीका प्रयोगकर्ताको संख्या समेत करिब ३ गुणाले बढेको बताइएको छ । वर्ल्ड लिंकका अनुसार हिजो मंगलबारको यही समयको तुलनामा आज साढे २ गुणाभन्दा धेरैले प्रयोगकर्ता बढेका छन् ।

वर्ल्ड लिंकका लक्ष्मण यादवले आज नेट टिभिका रियल टाइम प्रयोगकर्ताको संख्या ८८ हजारभन्दा माथि रहेको बताए । उनले हिजोको यही समयमा करिब ३० हजार हाराहारीको संख्यामा रियल टाइम प्रयोगकर्ता रहेको समेत बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप