एसिया कपमा नेपाल र पाकिस्तानको खेल हेर्न बढे इन्टरनेट प्रयोगकर्ता
काठमाडौँ । एसिया कपको उद्घाटन खेल हेर्ने इन्टरनेट प्रयोगकर्ताको संख्या तीन गुणासम्मले बढेको छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपाली क्रिकेट टोली र पाकिस्तान क्रिकेट टोलीबीच प्रतिस्पर्धा भइरहेको छ । पहिलोपटक एसिया कपमा पुगेको नेपालको खेल हेर्न इन्टरनेट प्रयोगकर्ताको संख्या बढेको हो ।
इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएशन (आइस्पान) का अध्यक्ष सुधीर पराजुली अन्य दिनको तुलनामा आज इन्टरनेटको प्रयोगकर्ता बढेको बताउँछन् । रातोपाटीसँग कुराकानी गर्दै पराजुलीले भने, ‘नेपालको खेल भइरहेको छ । यो समयमा प्रयोगकर्ताको संख्या बढ्ने नै भयो ।’
सुविसु इन्टरनेटका अध्यक्ष समेत रहेका पराजुलीले आफ्नो ब्रोडकास्टर भएकाले कति संख्यामा बढे भन्ने तथ्यांक भने नआउने बताए । यस्तै, वर्ल्ड लिंकले सञ्चालन गरिरहेको नेट टिभीका प्रयोगकर्ताको संख्या समेत करिब ३ गुणाले बढेको बताइएको छ । वर्ल्ड लिंकका अनुसार हिजो मंगलबारको यही समयको तुलनामा आज साढे २ गुणाभन्दा धेरैले प्रयोगकर्ता बढेका छन् ।
वर्ल्ड लिंकका लक्ष्मण यादवले आज नेट टिभिका रियल टाइम प्रयोगकर्ताको संख्या ८८ हजारभन्दा माथि रहेको बताए । उनले हिजोको यही समयमा करिब ३० हजार हाराहारीको संख्यामा रियल टाइम प्रयोगकर्ता रहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकको बढ्दो आकर्षणले निम्त्याउने चुनौती र अवसर
-
म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई पाँच लाख दिने
-
आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन
-
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
-
चिनियाँ बक्स अफिस हिट ‘डियर यू’ ले सिङ्गापुरमा छेडेको पहिचान बहस
-
उदयपुरमा टिपर दुर्घटना, ७ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण