एसिया कप
नेपालले तेस्रो विकेट गुमायो
बुधबार, १३ भदौ २०८०, १९ : ४७
काठमाडौँ । नेपालले एसिया कपमा पाकिस्तानविरुद्ध खराब सुरुवात गरेको छ । नेपालले दोस्रो ओभरमा नै तीन विकेट गुमाएको हो ।
आसिफ शेख ५ रन बनाएर नसिम शाहको बलमा क्याच आट भए । यसअघि शाहिन शाह अफ्रिदीले दुई विकेट लिएका थिए । कुशल भुर्तेल ८ रन बनाएर मोहम्मद रिजवानबाट क्याच आउट भए भने कप्तान रोहित पौडेल पहिलो बलमा नै एलबीडब्लू आउट भए ।
यसअघि कप्तान बाबर आजमको शानदार शतकको मद्दतले पाकिस्तानले नेपालसामु ३ सय ४३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । मुल्तानमा भएको खेलमा पाकिस्तानले ६ विकेटको क्षतिमा ३ सय ४२ रन बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा सुनाए दीप श्रेष्ठको गीत : ‘आमा तिनीहरूले जे सुकै भनुन् म बहुला होइन’
-
नेशनल लाइफद्वारा ८० जना अभिकर्ता सम्मानित
-
देउवालाई लामिछानेको आग्रह : मलाई प्रधानमन्त्रीको अफरबारे प्रस्ट पारिदिनु होला
-
सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैन : रवि लामिछाने
-
एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी
-
आफूलाई डेढ वर्ष प्रधानमन्त्रीमा कांग्रेसले अफर गरेको रवि लामिछानेको खुलासा