माओवादीको विशेष अभियान चन्द्रागिरि–२ बाट सुरू हुने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान चन्द्रागिरि–२ बाट सुरू गर्ने भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो अभियानको सुरूवात गर्ने कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए ।
यसअघि अभियान राष्ट्रियसभा गृहबाट शुभारम्भ गर्ने भनिएपनि चन्द्रागिरि–२ बाट सुरू गर्ने तय भएको हो ।
गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले वडाध्यक्ष जितेको थियो । माओवादी केन्द्रका उम्मेदवार भाइकृष्ण तामाङले कांग्रेसका उम्मेदवार अर्जुनबहादुर तामाङलाई २२४ मतान्तरले पराजित गरेका थिए ।
‘विशेष अभियानको सुरूवात चन्द्रागिरि–२ बाट अध्यक्षज्यूले गर्नुहुन्छ । भर्चुअल माध्यमबाट ७५३ वटै पालिकामा उहाँले सम्बोधन गरेपछि वडा तहको अभियान सुरू हुन्छ’, उनले भने ।
साउन (१७–२१) सम्म राजधानीमा बसेको केन्द्रीय समिति बैठकले तीन चरणमा ६ हजार ७४३ वडामा अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्फा–जोमसोम सडक धमाधम कालोपत्रे
-
१२ बजे १२ समाचार: कांग्रेसको मधेस प्रदेश सरकार नेतृत्वमा दाबीदेखि, कोरोनाको जोखिमसम्म
-
आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफलकाे दुई छुट्टाछुट्टै उजुरी
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो