माओवादीको विशेष अभियान चन्द्रागिरि–२ बाट सुरू हुने
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान चन्द्रागिरि–२ बाट सुरू गर्ने भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो अभियानको सुरूवात गर्ने कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए ।
यसअघि अभियान राष्ट्रियसभा गृहबाट शुभारम्भ गर्ने भनिएपनि चन्द्रागिरि–२ बाट सुरू गर्ने तय भएको हो ।
गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले वडाध्यक्ष जितेको थियो । माओवादी केन्द्रका उम्मेदवार भाइकृष्ण तामाङले कांग्रेसका उम्मेदवार अर्जुनबहादुर तामाङलाई २२४ मतान्तरले पराजित गरेका थिए ।
‘विशेष अभियानको सुरूवात चन्द्रागिरि–२ बाट अध्यक्षज्यूले गर्नुहुन्छ । भर्चुअल माध्यमबाट ७५३ वटै पालिकामा उहाँले सम्बोधन गरेपछि वडा तहको अभियान सुरू हुन्छ’, उनले भने ।
साउन (१७–२१) सम्म राजधानीमा बसेको केन्द्रीय समिति बैठकले तीन चरणमा ६ हजार ७४३ वडामा अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन उत्तर कोरिया जाँदैछन् सी जिनपिङ ?
-
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता
-
विश्वकपमा घरमै बसेर कमाउने नाममा ठगीको जोखिम, प्रहरीले गरायो सचेत
-
अब पुराना कुराकानी बिर्सिने छैन च्याटजीपीटी, मेमोरी फिचरमा नयाँ अपग्रेड
-
हामी विगतका गल्ती र अलमलबाट टाढा छौँ : परराष्ट्रमन्त्री खनाल
-
इन्स्टाग्रामद्वारा सशुल्क ग्राहकका लागि ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : अरूको स्टोरी गोप्य रूपमा हेर्न पाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण