प्रिमियर लिगमा कीर्तिमान बनाए २३ वर्षीय हल्यान्डले
आइतबार, १७ भदौ २०८०, १० : २५
काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीका नर्वेजियन स्ट्राइकर अर्लिङ हल्यान्डको नाममा अर्को एउटा कीर्तिमान लेखिएको छ । प्रिमियर लिगको म्यानचेस्टर सिटी र फुलह्यामबीचको खेलपछि हल्यान्डले उक्त कीर्तिमान बनाएका हुन् ।
उक्त खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई ५—१ गोलले हराएको थियो । खेलमा २३ वर्षीय हल्यान्डले तीन गोलको योगदान गरेका थिए । त्यसपछि उनले इङ्लिस प्रिमियर लिगको इतिहासमा सबैभन्दा छिटो ५० गोल (गोल गर्ने र गोलका लागि पास उपलब्ध गराउने) को कीर्तिमान बनाएका हुन् ।
हल्यान्डले ३९ खेलमा यस्तो कीर्तिमान बनाएका हुन् । यसअघि उक्त कीर्तिमान एन्डी कोलको नाममा रहेको थियो । कोलले ४३ खेलमा यस्तो कीर्तिमान बनाएका थिए । फुलह्याकविरुद्वको खेलमा जुलियन अल्भारेजलाई पहिलो गोल गर्न पनि हल्यान्डले नै पास उपलब्ध गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण