बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

स्कुलबाट घर फर्किँदै गरेका दाजु–बहिनीलाई खहरे खोलको बाढीले बगाउँदा मृत्यु

सोमबार, १८ भदौ २०८०, १० : ३८
सोमबार, १८ भदौ २०८०

सुर्खेत । रुकुम पश्चिममा बाढीले बगाउँदा दाजु–बहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–६ का १० वर्षीय मनोज बुढाथोकी र उनकी ६ वर्षीय बहिनी भावना बुढाथोकी रहेको रुकुम प्रहरीले जनाएको छ ।

रुकुम पश्चिमका प्रहरी प्रमुख नवराज भट्टराईका अनुसार उनीहरूसँगै विद्यालयबाट घर आउँदै थिए । स्थानीय म्याउला खहरे खोलाको बाढीले बगाई घटनास्थलभन्दा केही तल शव फेला पारिएको उनको भनाइ छ । घटना आइतबारको हो ।

डीएसपी भट्टराईका अनुसार स्थानीयको सहायतामा खोजतलास गरी आइतबार राती नौ बजेमात्र उनीहरूको शव फेला परेको थियो ।

उनीहरू गाउँकै घर्तिकाँडा आधारभूत विद्यालयमा अध्ययनरत थिए । दाजु मनोज ३ र बहिनी भावना १ कक्षामा अध्ययनरत रहेको प्रहरीले बताएको छ ।

‘खासै अरू समयमा पानी हुँदैनथ्यो, बाढी आएका बेला सँगै तर्न खोज्दा घटना घटेको जस्तो छ,’ डीएसपी भट्टराईले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप