एसिया कप
नेपालले पहिले ब्याटिङ गर्ने
सोमबार, १८ भदौ २०८०, १४ : ५०

काठमाडौँ । एसिया कप क्रिकेटको भारतविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । भारतले टस जिती पहिले बलिङ गर्ने निर्णय लिएको हो । नेपाल र भारतबीचको खेल श्रीलंकाको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।
पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि प्रतियोगिताको उद्घाटन खेलमा नेपाली टोली आयोजक पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो ।
समूह ‘ए’ बाट पाकिस्तान प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुगिसकेको छ । नेपाल र भारतबीचको खेलमा विजयी हुने टोली पनि ‘सुपर फोर’ चरणमा पुग्नेछ । त्यसैले यो खेल नेपाल र भारत दुवै टोलीका लागि उत्तिकै महत्त्वपूर्ण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए
-
आज ७३औँ कानुन दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
महिला टी–२० विश्वकपको छनोट खेलमा नेपाल आज हङ्कङसँग भिड्दै
-
सर्वोच्चको फैसला चित्त नबुझे के गर्ने ? कति छन् यस्ता मुद्दा ?
-
भारत-पाकिस्तान तनावमा अमेरिकी विदेश मन्त्रालयले के भन्यो ?
-
पाकिस्तान सुपर लिग अब युएईमा