एमाले लुम्बिनी अधिवेशन : मतदान हुन अझै एक घण्टा लाग्ने
सोमबार, १८ भदौ २०८०, २१ : ०४
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि मतदान हुन अझै एक घण्टा लाग्ने भएको छ । बुटवलमा जारी एमाले लुम्बिनी अधिवेशनमा मतदान हुन अझै एक घण्टा लाग्ने भएको हो ।
मतपत्र छपाई र मतदान केन्द्र निर्माण गर्न समय लाग्ने भएकाले मतदान सुरु गर्न एक घण्टा लाग्ने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका प्रमुख हरि भण्डारीले मतदान हुन एक घण्टा समय लाग्ने जानकारी दिए ।
उनले भने, 'मतदानको लागि तयारी भइरहेको छ । मतपत्र र अरू प्रक्रिया पुरा गर्न केही समय लाग्छ । मतदान एक घण्टापछि मात्रै सुरु हुन्छ ।'
एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा पाँच पदाधिकारीका लागि १४ जनाको उम्मेदवारी परेको छ । एमाले लुम्बिनी प्रदेशको अध्यक्षका लागि हरि रिजाल र राधाकृष्ण कँडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण