कलिङ साहित्यिक महोत्सव समापन
काठमाडौँ । यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटररी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा सञ्चालित अन्तर्राष्ट्रिय कलिङ साहित्यिक महोत्सव समापन भएको छ ।
शुक्रबारबाट सुरु भएको तीन दिने ‘सूर्य नेपाल काठमाडौँ कलिङ साहित्य’ मा नेपाल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्कालगायत देशका साहित्यकारहरू सहभागी थिए । हिमालयन होटलमा आयाजित सो महोत्सवको दोस्रो संस्करण आइतबार समापन भएको हो ।
नेपालको चर्या र कुमारी नृत्य प्रस्तुति गर्दै सुरु भएको महोत्सवमा ५० भन्दा बढी सेसन प्रदर्शन भएका थिए ।
दक्षिण एसियाका करिब तीन सय लेखकहरूको सहभागिता सो भएको महोत्सवमा दक्षिण एसियाली कला, साहित्य, सङ्गीत, सिनेमा, नृत्य, कविता, पत्रकारिता, पर्यटन, राजनीतिलगायत समसामयिक विषयमा प्रस्तुति र चर्चा परिचर्चा भएको थियो ।
भारतबाट आएका अभिनेत्री दिव्या दत्त, गायिका अभिलिप्सा पाण्डा, नृत्यक अरुणा मोहन्ती, पटकथा कार नीलधर माधव, पत्रकार सुहासिनी हैदरलगायत चर्चित व्यक्तित्वहरू सो महोत्सवका मुख्य आकर्षण बनेका थिए ।
त्यस्तै नेपालबाट अभिनेत्री मनिषा कोइराला, कलाकार नीर शाह, अभिनेता तथा निर्देशक खगेन्द्र लामिछाने, आख्यानकारहरू नयनराज पाण्डे, अमर न्यौपानेलगायत कलाकार तथा लेखक विभिन्न सेसनका मुख्य आकर्षण बने ।
महोत्सवमा तीनै दिन कविता, गीत तथा गजलका प्रस्तुतिमा दर्जनौँ सर्जकले प्रस्तुति दिए । महोत्सवको अन्तिम सेसनको प्रस्तुति महफिलमा स्रोताहरूको उल्लेखनीय सहभागिता थियो ।
तीन दिनसम्म चलेका सेसनमा लैङ्गिक समानता, जलवायु परिवर्तन, कूटनीतिलगायत समसामयिक राजनीतिक मुद्दामा समेत छलफल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण