मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनी संसदद्वारा रक्षामन्त्रीको राजीनामा स्वीकृत

मङ्गलबार, १९ भदौ २०८०, २२ : ३७
मङ्गलबार, १९ भदौ २०८०

कीएभ । युक्रेनी संसदले रक्षामन्त्रीओलेक्सी रेजनिकोभको राजीनामा स्वीकृत गरेको छ ।

मङ्गलबार युक्रेनी संसदले देशको रक्षामन्त्री रेजनिकोभलाई पदबाट बर्खास्त गर्ने पक्षमा मतदान गरेको सांसद यारोस्लाभ झलेजन्याकले बताए । 

उक्त प्रस्तावको पक्षमा ३२७ मत परेको र आवश्यक न्यूनतम २२६ मतभन्दा बढी मत प्राप्त भएको जेलेज्न्याकले टेलिग्राममा उल्लेख गरेकाे छ । 

सन् २०२१ को नोभेम्बरमा रक्षामन्त्री नियुक्त भएका रेजनिकोभले सोमबार संसदका अध्यक्ष रुस्लान स्टेफानचुकलाई राजीनामा पत्र बुझाएको बताएका थिए । 

आइतबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रेजनिकोभलाई बर्खास्त गर्ने र देशको प्रमुख निजीकरण कोषका प्रमुख रुस्टेम उमरोभलाई उनको स्थानमा नियुक्त गर्न संसदमा प्रस्ताव पेश गर्ने बताएका थिए । 

झलेज्न्याकका अनुसार उमरोभको नियुक्तिबारे संसदले बुधबारको बैठकमा निर्णय गर्ने सम्भावना रहेको छ ।- (रासस/सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप