आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

वडाध्यक्ष रिजालको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

बिहीबार, २१ भदौ २०८०, १० : ४२
बिहीबार, २१ भदौ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको काठमाडौं— ७ का क्षेत्रीय सभापति एवं काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

देउवाले दिवंगत  आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ । 


देउवाले स्वर्गीय रिजालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याएको सक्रिय योगदानको स्मरण पनि गरेका छन् । 

वडाध्यक्ष मुकुन्द रिजालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज विहान ७ः३० बजे निधन भएको थियो । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज विहान ११ः०० बजेदेखि १२ः०० बजेसम्म राष्ट्रिय सभागृहमा र विहान १२ः३० देखि १ः३० बजेसम्म पशुपति मन्दीर परिसरमा राखिनेछ । तत्पश्चात अपरान्ह २ः३० बजे दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।

२०२७ कात्तिकमा जन्मिका स्वर्गीय रिजालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।  २०४६ सालको ऐतिहासिक जनआन्दोलमा उनी प्रहरीको हिरासतमा रहेका थिए । स्वर्गीय रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ को क्षेत्रीय सभापति र कामनपा—१६ को वडाध्यक्ष पदमा दुई पटक निर्वाचित भएका थिए । 

सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघमा आवद्ध भई राजनीतिक यात्रा प्रारम्भ गरेका स्वर्गीय रिजालले मानव अधिकारवादी संघ संस्थामा समेत आवद्ध भएर कार्य गर्दै आएका थिए । उनको निधनबाट नेपाली कांग्रेसले एक होनाहार नेतृत्वलाई गुमाएको विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप