वडाध्यक्ष रिजालको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको काठमाडौं— ७ का क्षेत्रीय सभापति एवं काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
देउवाले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ ।
देउवाले स्वर्गीय रिजालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याएको सक्रिय योगदानको स्मरण पनि गरेका छन् ।
वडाध्यक्ष मुकुन्द रिजालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज विहान ७ः३० बजे निधन भएको थियो । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज विहान ११ः०० बजेदेखि १२ः०० बजेसम्म राष्ट्रिय सभागृहमा र विहान १२ः३० देखि १ः३० बजेसम्म पशुपति मन्दीर परिसरमा राखिनेछ । तत्पश्चात अपरान्ह २ः३० बजे दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।
२०२७ कात्तिकमा जन्मिका स्वर्गीय रिजालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ । २०४६ सालको ऐतिहासिक जनआन्दोलमा उनी प्रहरीको हिरासतमा रहेका थिए । स्वर्गीय रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ को क्षेत्रीय सभापति र कामनपा—१६ को वडाध्यक्ष पदमा दुई पटक निर्वाचित भएका थिए ।
सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघमा आवद्ध भई राजनीतिक यात्रा प्रारम्भ गरेका स्वर्गीय रिजालले मानव अधिकारवादी संघ संस्थामा समेत आवद्ध भएर कार्य गर्दै आएका थिए । उनको निधनबाट नेपाली कांग्रेसले एक होनाहार नेतृत्वलाई गुमाएको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण