दु:खद खबर
काठमाडौं महानगर- १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन
विहीबार, २१ भदौ २०८०, ०८ : २८
१

काठमाडौं । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको निधन भएको नेपाली कांग्रेसका नेता सुशील भट्टले बताए ।
अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका रिजालको दुवै फोक्सोमा सिभियल निमोनिया (भाइरल निमोनिया) भएका कारण आज बिहान ७ः३० बजे निधन भएको अस्पतालका निर्देशक डा. विनोद विजुक्छेकाे भनाइ छ ।
रिजाल गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको १६ नम्बर वडाध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । रिजाल कांग्रेस काठमाडौं- ७ का क्षेत्रीय सभापति समेत हुन् ।
वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा रहेका छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका एक सदस्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित
-
राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट फिल्म गायब भएपछि ‘प्रकाश’ टिम पुग्यो अदालत
-
आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता
-
इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति
-
रातोपाटी ब्रिफिङ : चर्किँदो शिक्षक आन्दोलनदेखि शेखर–गगन पक्षको ओरालो यात्रासम्म
-
अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद