आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सभा गृहमा रिजालप्रति श्रद्धाञ्जली अर्पण, मेयर बालेनले ओढाए झण्डा (तस्बिरहरू)
श्रद्धाञ्जली अर्पण

राष्ट्रिय सभा गृहमा रिजालप्रति श्रद्धाञ्जली अर्पण, मेयर बालेनले ओढाए झण्डा (तस्बिरहरू)

बिहीबार, २१ भदौ २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालप्रति विभिन्न राजनीतिक दलका नेता, सरकारका प्रतिनिधि तथा सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका छन् । 

रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा राखिएको छ । काठमाडौंका मेयर बालेनले सभागृह पुगेर रिजालको पार्थिव शरीरमा महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । रिजालको शव आजै अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ ।

नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजकसमेत रहेका रिजालको उपचारका क्रममा आज बिहान ०७ः३० बजे निधन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया