चीनको कलेज र मदन भण्डारी फाउन्डेसनबीच पाँच बुँदे सहमति
बेइजिङ । चीनको प्रमुख सहर छोङछिङस्थित ‘छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेज’ र मदन भण्डारी फाउन्डेसनबीच शैक्षिक विकास, वैज्ञानिक शिक्षाको अध्ययन र सीपमूलक अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।
शैक्षिक विकासका लागि तालिम केन्द्र स्थापना, अध्ययन र प्राविधिक कार्यक्रम परियोजना सञ्चालन गर्ने पाँच बुँदे सम्झौता भएको नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।
सम्झौतामा फाउन्डेसनको तर्फबाट अखिल नेपाल महिला संघको अध्यक्ष समेत रहेकी फाउन्डेसनको केन्द्रीय सदस्य टुका हमाल र ‘छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेज’ को तर्फबाट प्रमुख लि जीओ कुअङले हस्ताक्षर गरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को निमन्त्रणामा चीन भ्रमणमा रहेका (एमाले) का महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनबीच भएको भेटवार्तामा एकअर्कामा अनुभव, सीप, विचार र ज्ञानलाई आदानप्रदान गर्ने विषयमा कुराकानी भएको थियो । त्यही क्रममा महासचिव पोखरेलले छोङछिङले आफ्नो आधुनिकीकरणका क्रममा आर्जन गरेको ज्ञान, सीप र विकास गरेको प्रविधि नेपालसँग आदानप्रदानको प्रस्ताव राखेका थिए ।
महासचिव पोखरेलको सोही प्रस्तावको पहिलो कार्यान्वयन सुरुवात अन्तर्गत छोङछिङ थ्रि ग्रर्जेज भोकेशनल कलेज र मदन भण्डारी फाउन्डेशन शैक्षिक क्षेत्रको अध्ययन र अनुसन्धानमा काम गर्ने गरी सहमति भएको नेकपा ९एमाले० का स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । यो सहमति नेपालको शैक्षिक विकास, वैज्ञानिक शिक्षाको अध्ययन र सीपमूलक अनुसन्धानका लागि महत्त्वपूर्ण रहेको प्रमुख गौतमको भनाई छ । गौतमले भने, ‘छोङछिङको विकासमा उहाँहरुले आर्जन गर्नुभएको अनुभव, ज्ञान र विकास गर्नुभएको प्रविधिलाई नेपालको विकासमा प्रयोगको लाागि यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’
सहमति अनुसार कलेजको सहयोगमा ग्रामीण पुनः स्थापनाका लागि शैक्षिक विकास, वैज्ञानिक अनुसन्धान र अध्ययन प्रबद्र्धनका कार्यक्रमहरु सञ्चालन गरिनेछ । यसैगरी नेपाली विद्यार्थी, शिक्षक र अनुसन्धानकर्ताहरुलाई छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेजले अध्ययन र अनुसन्धानको लागि सहयोग गर्नेछ । सहमति अनुसार ‘चीन नेपाल जोइन्ट रिसर्च सेन्टर फर पिपुल टु पिपुल एक्सचेन्ज’ स्थापनामार्फत जनता जनताबीचमा प्राज्ञिक आदानप्रदान कार्यक्रम सञ्चालन गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
-
अमेरिका–भारत सम्बन्ध : रणनीतिक साझेदारी कि लुप्त प्रतिद्वन्द्विता ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण