मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट फर्किए जसपा अध्यक्ष उपेन्द्र यादव

शुक्रबार, २२ भदौ २०८०, २३ : ३२
शुक्रबार, २२ भदौ २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव स्वदेश फर्किएका छन् । 

भदौ ८ गते केरेलाको एउटा वैवाहिक समारोहमा सहभागी हुन भारत गएका उपेन्द्र यादव १४ दिनपछि स्वदेश फर्किएका छन् । अध्यक्ष यादव भारतको उत्तर प्रदेश, विहार, झारखण्ड हुँदै जनकपुर आएका हुन् ।

जनकपुरबाट उनी आजै काठमाडौँ आइ पुगेको जसपाका एक नेताले बताएका छन् । भारतमा हुँदा विभिन्न उच्च स्तरीय राजनीतिक भेटघाट गर्नुका साथै आफ्नो केही पुराना राजनीतिककर्मी साथीलाई भेटघाट गरेका छन् । उनले धेरै समयपछि भारतको लामो भ्रमण गरेका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप