सोमबार, १७ मङ्सिर २०८१
ताजा लोकप्रिय

लागु औषध कारोबारीको सञ्जाल प्रदेशभर फैलिएको छ: मन्त्री साउद

शनिबार, २३ भदौ २०८०, ०६ : ३३
शनिबार, २३ भदौ २०८०

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउदले खुला सीमा लागु औषध ओसारपसारको मुख्य चुनौती भएको बताएका छन् ।

शुक्रबार कैलालीस्थित फुलबारी जेसिजले ८ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको लागू औषध नियन्त्रणसम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री साउदले प्रदेश सरकार कुलतबाट युवालाई बचाउन लागि परेको बताए ।

लागू औषधबाट युवालाई बचाउने दायित्व सरकारमात्र नभएर समाजको पनि  भएको बताउँदै मन्त्री साउदले बालबालिकालाई कुलतबाट बचाउन अभिभावक जिम्मेवार हुनुपर्ने बताए । उनले घरबाटै लागू औषध तथा कुलतबारे पनि जनाकारी गराउनु पर्नेमा जोड दिए ।

उनले भारतसँगको खुला सीमा भएकाले कारण प्रदेशमा लागु औषध तथा दुर्व्यसन थप चुनौतीपूर्ण बन्दै गएको बताए ।

लागू औषध ओसारपसारको जालो प्रदेशभर फैलिसकेको बताउँदै मन्त्रीले यसलाई रोक्न नसके दस वर्षमा कल्पना गर्न नसकिने अवस्था सिर्जना हुने बताए । उनले पुनः स्थापन केन्द्र खोल्ने मन्त्रालयको योजना भएको जानकारी समेत दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य लक्ष्मी विकले कुलतरहित समाज निर्माण नगरे देश नबन्ने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप