बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानले टस जितेर भारतलाई दियो ब्याटिङको निम्तो

आइतबार, २४ भदौ २०८०, १४ : ५५
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । एसिया कप क्रिकेटको आइतबार हुने भारतविरुद्धको खेलमा पाकिस्तानले टस जितेको छ । पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ । पाकिस्तानको उक्त निर्णयपछि अब भारतले पहिले ब्याटिङ गर्नेछ ।

खेल श्रीलंकाको राजधानी कोलम्बोस्थित आर. प्रेमादासा रंगशालामा खेलिने छ । खेल नेपाली समयअनुसार, दिउँसो ३ः१५ बजे सुरु हुनेछ । भारत र पाकिस्तानबीचको समूहगत चरणको खेल भने वर्षाका कारण रद्द भएको थियो ।

आइतबारको खेलमा पनि वर्षाको सम्भावना ९० प्रतिशत रहेको बताइएको छ । तर, वर्षा सुरु भएको छैन । आइतबारको खेल वर्षाका कारण बिथोलिए एसियाली क्रिकेट काउन्सिलले उक्त खेल सोमबार पुनः खेलाइने बताएको छ । 

हालसम्म भारत र पाकिस्तानबीच एक सय ३३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये ७३ खेलमा पाकिस्तानले भारतलाई हराएको छ । ५५ खेलमा भारत विजयी भएको छ । यी दुई राष्ट्रबीच खेलिएको पाँच खेल भने अनिणर्ित रूपमा सकिएको छ । 

घरेलु मैदानमा पाकिस्तानले १४ र भारतले ११ खेल जितेका छन् । यसैगरी भारतीय भूमिमा पाकिस्तानले १९ खेल जितेको छ भने पाकिस्तानी भूमिमा भारतले ११ खेल जितेको छ । यसका अतिरिक्त ‘न्यूट्रल भेन्यू’ मा पाकिस्तानले ४० खेल जितेको छ भने भारतले ३३ खेलमा सफलता हात पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप