पहिराले जयपृथ्वी र महाकाली राजमार्ग पुनः अवरुद्ध
बैतडी । अविरल वर्षापछि पहिराका कारण महाकाली र जयपृथ्वी राजमार्ग अवरुद्ध भएका छन् । जयपृथ्वीअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै दिउँसो साढे १ बजे सडक माथिबाट ढुङ्गा र पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो ।
सडक माथिबाट ठूलो ढुङ्गा खस्दा राजमार्ग अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताए । उनले भने, “सडक माथिबाट ठूलो ढुङ्गा खसेको छ, जेसिबीको सहायताले ढुङ्गाको केही भाग फुटालेर सानो गाडी आवतजवात भइरहेको भए पनि पूर्णरूपमा खुल्न सकेको छैन । अर्को जेसिबी पनि पठाएका छौँ ।”
यस्तै पहिरो खस्दा महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–४ खम्तोलामा दिउँसो ३ बजे पहिरो जाँदा अवरुद्ध बनेको छ । राजमार्ग अवरुद्ध हुँदा यातायात आवागमन पूर्णरूपमा बन्द भएको र यात्रु बीचबाटोमै अलपत्र परेका छन् । राजमार्ग सुचारु गर्न जेसिबी पठाइएको छ ।
यसअघि आजै बिहान धरमघर नजिकै पहिरो खस्दा महाकाली राजमार्ग पनि अवरुद्ध भएको थियो । लगातारको वर्षाका कारण धरमघरमा पनि पहिरो आउने क्रम रोकिएको छैन तर जेसिबी राखिएकाले पहिरो खस्ने बितिक्कै पन्छाएर सडक सुचारु गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण