प्रचण्ड विराटनगरबाट फर्केलगत्तै देउवा पुगे बालुवाटार
सोमबार, २५ भदौ २०८०, २१ : १२

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
सोमबार बेलुका प्रचण्ड विराटनगरबाट समाजवादी मोर्चाको कार्यक्रम सकेर फर्के लगत्तै देउवा प्रचण्ड भेट्न बालुवाटार पुगेका हुन् ।
दुई नेताबीचको भेटमा विभिन्न विषयमा कुराकानी भएको बताइएको छ । स्रोतका अनुसार समसामयिक राजनीतिक, आसन्न अमेरिका तथा चीन भ्रमणलगायतका विषयमा छलफल भएको बुझिएको छ ।
दुई नेताबीच बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐनको संशोधन विधेयकका बारेमा समेत कुराकानी भएको छ ।