कांग्रेस लुम्बिनी प्रदेश बैठक : चार निर्णय सार्वजनिक
बुटवल ।नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले विभिन्न चार वटा निर्णय गरेको छ । प्रदेश सभापति अमरसिंह पुनको सभापतित्वमा आज लुम्बिनी प्रदेश कार्यालय दाङमा सम्पन्न बैठकले प्रदेशमा मन्त्रालय नथप्ने देखि सरकालाई चुस्त राख्नको लागि निर्देशन दिनेलगायत गरेको छ।
बैठकपछि मुख्य सचिव माेहनराज जारी विज्ञप्तिमा कांग्रेसले लुम्बिनी प्रदेशले मन्त्रालय थप गर्दा आर्थिक भार थप हुन जाने र जनताको बिचमा नकारात्मक असर पर्ने हुँदा भइरहेको मन्त्रालय नबढाई यथास्थितिमा सरकारलाई पूर्णता दिन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई निर्देशन दिएको उल्लेख छ ।
प्रभावकारी जनमुखी कार्यक्रम गर्न प्रदेश सरकारलाई चुस्त, दुरुस्त गर्न गठबन्धनमा आबद्ध दल र सबै राजनीति दलसँग समन्वय गर्दै सङ्घीयतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सङ्घीय सरकारलाई अनुरोध पनि बैठकले गरेको छ।
यस्तै बैठकले प्रदेश पोलिसी ह्याकथुन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।उक्त बैठकले केन्द्रीय सह-महामन्त्री एवं पूर्व मन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको घोर भर्त्सना गरेको छ।
बैठकले संविधान सभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधन, कांग्रेस रोल्पा क्षेत्र नं १ का क्षेत्रीय सह-सचिव हरि बहादुर रानाको निधन, रोल्पा रुन्टीगढी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष टंक बहादुर पुन र गुल्मी मुसिकोट नगरपालिका नेपाली कांग्रेसको सभापति एवं मुसिकोट नगरपालिका वडा १ का वडा अध्यक्ष मोहन घिमिरेको निधनप्रति पनि श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण