स्वीजरल्याण्डको हिउँमा अनिलाको ‘बादलसँगै...’ (भिडियो)

काठमाडौँ । गायिका अनिला राईले ‘बादलसँगै’ बोलको आफ्नो गीतको भिडियो स्वीजरल्याण्डमा छायाँकन गरेकी छन् । उक्त गीतको भिडियोलाई उनले आफ्नै अफिसियल युट्युब च्यानल ‘अनिला राई अफिसियल’ मार्फत हालै सार्वजनिक गरेकी हुन् ।
बेलायतलाई कर्मथलो बनाउँदै आएकी अनिला नेपाली गीतसंगीत क्षेत्रमा पनि सक्रिय रहँदै आएकी छन् । हालैका दिनमात्र उनका झण्डै एक दर्जन गीतको भिडियो शृंखलावद्ध रुपमा रिलिज भएको थियो । यसैबेला अनिलाले स्वीजरल्याण्ड घुम्न गएको मौकामा ‘बादलसँगै’ गीतको भिडियो निर्माण गरेकी हुन् ।
गायिका अनिला केही साताअघि परिवारसहित स्वीजरल्याण्ड घुम्न गएकी थिइन् । सोही मौकामा ‘बादलसँगै’ गीतको भिडियो निर्माण गरेको अनिलाले बताइन् । भिडियोमा स्वीजरल्याण्डको रमणीय दृश्यहरु कैद गरिएको छ । जुन भिडियो हेरिरहँदा स्वीजरल्याण्ड नै पुगेको आभाष हुन्छ ।
यसअघि ‘बादलसँगै’ गीतको भिडियो नेपालको दोलखास्थित शैलुङ डाँडामा छायाँकन गरिएको थियो । जुन भिडियो दर्शकले निक्कै रुचाएका थिए ।
गायिका अनिलाले भनिन्, ‘स्वीजरल्याण्ड घुम्न गएको बेला मेरो केही गीतको भिडियो बनाएकी हुँ, अरु गीतको पनि भिडियो बनाएकी छु । ती भिडियो विस्तारै रिलिज गर्दै जानेछु ।’
गायिका अनिलाको ‘स्वरांकन’ एल्बममा समेटिएको ‘बादलसँगै’ गीतमा अनिलाकै शब्दरचना रहेको छ भने संगीत शान्तिराम राईको रहेको छ । यस भिडियोको छायाँकन तथा निर्माण नन्दराज राईले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कामना सेवा विकास बैंकद्वारा दृष्टीविहीनलाई वित्तीय साक्षरतामूलक कार्यक्रम
-
निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छ : प्रधानमन्त्री
-
बागमती प्रदेश सरकारको बजेट सार्वजनिक गर्ने समय संशोधन
-
राप्रपाद्वारा संसद् बहिष्कार
-
पर्यटकीयस्थल खोपारामा भौतिक पूर्वाधार निर्माण
-
लुम्बिनी प्रदेशसभाको बैठक २ घण्टा पछि सर्यो