स्वीजरल्याण्डको हिउँमा अनिलाको ‘बादलसँगै...’ (भिडियो)
काठमाडौँ । गायिका अनिला राईले ‘बादलसँगै’ बोलको आफ्नो गीतको भिडियो स्वीजरल्याण्डमा छायाँकन गरेकी छन् । उक्त गीतको भिडियोलाई उनले आफ्नै अफिसियल युट्युब च्यानल ‘अनिला राई अफिसियल’ मार्फत हालै सार्वजनिक गरेकी हुन् ।
बेलायतलाई कर्मथलो बनाउँदै आएकी अनिला नेपाली गीतसंगीत क्षेत्रमा पनि सक्रिय रहँदै आएकी छन् । हालैका दिनमात्र उनका झण्डै एक दर्जन गीतको भिडियो शृंखलावद्ध रुपमा रिलिज भएको थियो । यसैबेला अनिलाले स्वीजरल्याण्ड घुम्न गएको मौकामा ‘बादलसँगै’ गीतको भिडियो निर्माण गरेकी हुन् ।
गायिका अनिला केही साताअघि परिवारसहित स्वीजरल्याण्ड घुम्न गएकी थिइन् । सोही मौकामा ‘बादलसँगै’ गीतको भिडियो निर्माण गरेको अनिलाले बताइन् । भिडियोमा स्वीजरल्याण्डको रमणीय दृश्यहरु कैद गरिएको छ । जुन भिडियो हेरिरहँदा स्वीजरल्याण्ड नै पुगेको आभाष हुन्छ ।
यसअघि ‘बादलसँगै’ गीतको भिडियो नेपालको दोलखास्थित शैलुङ डाँडामा छायाँकन गरिएको थियो । जुन भिडियो दर्शकले निक्कै रुचाएका थिए ।
गायिका अनिलाले भनिन्, ‘स्वीजरल्याण्ड घुम्न गएको बेला मेरो केही गीतको भिडियो बनाएकी हुँ, अरु गीतको पनि भिडियो बनाएकी छु । ती भिडियो विस्तारै रिलिज गर्दै जानेछु ।’
गायिका अनिलाको ‘स्वरांकन’ एल्बममा समेटिएको ‘बादलसँगै’ गीतमा अनिलाकै शब्दरचना रहेको छ भने संगीत शान्तिराम राईको रहेको छ । यस भिडियोको छायाँकन तथा निर्माण नन्दराज राईले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमा सुरक्षाको जोखिमबारे सांसद थापाले उठाए प्रश्न
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण