नागढुंगा सुरुङमा सुरक्षाको जोखिमबारे सांसद थापाले उठाए प्रश्न
सोमबार, २५ जेठ २०८३, १३ : ०९
सारांश
- सांसद सुनिलबहादुर थापाले नागढुंगा सुरुङ मार्गको सुरक्षा व्यवस्थाबारे गम्भीर चासो व्यक्त गरेका छन् ।
- उनले सुरुङभित्र आतङ्ककारी गतिविधि र सवारी साधनको गति सीमा गरी दुई पक्षबाट सुरक्षा हेर्नुपर्ने बताए ।
- मानिसहरूले सुरुङभित्र सेल्फी खिच्ने वा टिकटक बनाउने जस्ता क्रियाकलाप रोक्न र सुरक्षा प्रत्याभूति गर्न अपनाइएका उपायबारे उनले प्रश्न गरेका छन् ।
काठमाडौँ । सांसद सुनिलबहादुर थापाले सुरुङ मार्गको सुरक्षा व्यवस्थालाई लिएर गम्भीर चासो व्यक्त गरेका छन् । समितिको बैठकमा बोल्दै थापाले सुरुङभित्रको सुरक्षालाई आतङ्ककारी गतिविधि र सवारी साधनको गति सीमा (स्पीड लिमिट) गरी दुई पक्षबाट हेर्नुपर्ने बताए ।
नेपालमा पहिलो पटक यस्तो सुरुङ सञ्चालनमा आउँदा मानिसहरू सेल्फी खिच्न वा टिकटक बनाउन रोकिने सम्भावना रहेको भन्दै उनले यसले ठुलो ट्राफिक जाम र सुरक्षा जोखिम निम्त्याउन सक्ने चेतावनी दिए । यस्ता क्रियाकलाप रोक्न र सुरक्षा प्रत्याभूति गर्न के–कस्ता उपाय अपनाइएका छन् ? उनले प्रश्न गरे ।
उनले भने, ‘हाम्रोमा सुरुङ खुलेपछि मानिसहरू सेल्फी खिच्न जाने र मोटर रोक्ने सम्भावना रहन्छ, जसले गर्दा ठुलो ट्राफिक जाम र सेफ्टी ह्याजार्ड हुन सक्छ। यसलाई कसरी नियन्त्रण गरिन्छ ? यसमा ध्यान दिन अनुरोध गर्दछु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण