सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
कविता

नव युवराजहरू

शनिबार, ३० भदौ २०८०, १२ : ०४
शनिबार, ३० भदौ २०८०

गणतन्त्रका युवराजहरूले
सकेपछि वादीहरूको अस्तित्व
श्री ५ हरू रूपान्तरणको रटान लिएर
तपाईलाई भ्रम छर्न किन लाज नमानेका होलान्
के खानु पर्छ ?
पचाउनलाई लाज
हिमालयन रिजर्भ, सुन
एउटै टेबलमा खाना
नव युवराजहरू 
ठमेलका बारहरूका, न्यूरोडका पुलहरूका
तरुनीसँगको काण्ड बाहिर आउन बाँकी नै छ

नव युवराजहरूका 
असरल्ल काण्डहरू छरपस्ट भएको बेला
रूपान्तरण अभियानले 
तराईमा डढेर काला भएकाहरू 
पहाड गएर गोरो र पुटुस्स भएर फर्किए
पहाडका घुँगी चुस्दै 
तराईमा रूपान्तरण भए नव युवराजहरू
भागाभाग छ 
राष्ट्रिय ज्वाइँको सेल्टर लिएर
पार्टीलाई लाटाको लगौंटीको जुम्रा बनाइ
महाराज श्री ५ को हुकुम शिरोधार्य गरी
नव युवराजहरूलाई डामेर छोडेको हो ?
नक्कली नागरिकता काण्ड
सरुवा, बढुवा र भँडुवा काण्ड
सुन काण्ड 
सेटिङ, रेटिङ 
हुँदाहुँदै पसल खोलियो रूपान्तरणको
पार्टी खरानी बनाउने युवराजहरूले
बनाउनु पर्ने हामीले 
श्री ५ यो कदापि भुल गर्न सकिँदैन

प्रकाशको दुःखद निधनपछि
आफूले आफैलाई प्रचण्डको धर्मपुत्र स्वघोषणा गरे 
जसरी रवीन्द्र मिश्रका बा ले गणतन्त्र आएपछि
स्व:नजरबन्द भए
भजाएर महाराजलाई
युवराजहरूले उठ्नै नसक्ने थिलथिलो बनाए
तपाई रूपान्तरण भन्दै भजन गाउनु हुन्छ
कार्यकर्ता ताली बजाउँछन्
मुखामुख गरेर मुसुक्क हाँस्छन्
सम्झिएर नव युवराजहरूलाई ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सेमन्त उपाध्याय
सेमन्त उपाध्याय
लेखकबाट थप