नव युवराजहरू
गणतन्त्रका युवराजहरूले
सकेपछि वादीहरूको अस्तित्व
श्री ५ हरू रूपान्तरणको रटान लिएर
तपाईलाई भ्रम छर्न किन लाज नमानेका होलान्
के खानु पर्छ ?
पचाउनलाई लाज
हिमालयन रिजर्भ, सुन
एउटै टेबलमा खाना
नव युवराजहरू
ठमेलका बारहरूका, न्यूरोडका पुलहरूका
तरुनीसँगको काण्ड बाहिर आउन बाँकी नै छ
नव युवराजहरूका
असरल्ल काण्डहरू छरपस्ट भएको बेला
रूपान्तरण अभियानले
तराईमा डढेर काला भएकाहरू
पहाड गएर गोरो र पुटुस्स भएर फर्किए
पहाडका घुँगी चुस्दै
तराईमा रूपान्तरण भए नव युवराजहरू
भागाभाग छ
राष्ट्रिय ज्वाइँको सेल्टर लिएर
पार्टीलाई लाटाको लगौंटीको जुम्रा बनाइ
महाराज श्री ५ को हुकुम शिरोधार्य गरी
नव युवराजहरूलाई डामेर छोडेको हो ?
नक्कली नागरिकता काण्ड
सरुवा, बढुवा र भँडुवा काण्ड
सुन काण्ड
सेटिङ, रेटिङ
हुँदाहुँदै पसल खोलियो रूपान्तरणको
पार्टी खरानी बनाउने युवराजहरूले
बनाउनु पर्ने हामीले
श्री ५ यो कदापि भुल गर्न सकिँदैन
प्रकाशको दुःखद निधनपछि
आफूले आफैलाई प्रचण्डको धर्मपुत्र स्वघोषणा गरे
जसरी रवीन्द्र मिश्रका बा ले गणतन्त्र आएपछि
स्व:नजरबन्द भए
भजाएर महाराजलाई
युवराजहरूले उठ्नै नसक्ने थिलथिलो बनाए
तपाई रूपान्तरण भन्दै भजन गाउनु हुन्छ
कार्यकर्ता ताली बजाउँछन्
मुखामुख गरेर मुसुक्क हाँस्छन्
सम्झिएर नव युवराजहरूलाई ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण