सपनाको घर
अलिकति वृक्षको जरा उखेलेर
मेरी आमाको सिउँदोको सिन्दुरे माटोमा
रुखको कलिला हाँगाबाट बनेका
मचिसका सिन्काको खाँबो
आमाले म जन्मिदा लगाई दिएकी
भेटोको भित्ता बनाएर
बुबाको एक अँगालो छानो
लगाएर बनाएको घर
एउटा घर
सपनाको घर
सपनाजस्तै धुमिल भइरहेछ ।
फूलहरूको
पुतलीहरूको
रङ्ग चोरेर रङ्गाएको घरको भित्ता
किन बेरङ्ग हुन्छ,
चराहरूको स्वतन्त्रता लुटेर
बनाएको एउटा साम्राज्य
सपनाको साम्राज्य
किन ढाल्न खोज्छ घरी घरी बतासले ।
गुँड छोडेर गएकी चरी
फेरि फर्कँदैन त्यही पुरानो गुँडमा
जसरी बास छाडेर गएको मौरी फर्कन्छ
आफ्नो घारमा ।
मायाको जङ्गलमा फूलेको
बेमौसमी फूलको कुनै मोल हुँदैन
जसरी दुई किनारको मेल हुँदैन ।
चट्टानमा पनि बन्न सक्छ
एउटा घर
सपनाको घर
बालुवामा पनि फुल्न सक्छ
एउटा फूल
सपनाको फूल
न चट्टानले थेग्न सक्छ पहिरो
र, बाँच्न सक्छ घर
सपनाको घर
न बालुवाले थाम्न सक्छ हुरी
र, बाँच्न सक्छ फूल
सपनाको फूल ।
फूलको यौवनसँग
आफ्नो वैश साटेपछि
जोवन र फूलको मूल्य
एउटै रहन्छ ।
घर ढल्छ, सपनाको
ब्युँझिन्छ तन्द्रा यौवनको ।
डुवर्स, भारत
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण