रामेछापको जलदेवी माविका अध्यक्ष खड्कासहित १०० जना माओवादी केन्द्रमा प्रवेश
रामेछाप । रामेछापको सुनापति गाउँपालिका–५ स्थित जलदेवी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम खड्का माओवादी केन्द्रमा प्रवेश गरेका छन् । खड्काको नेतृत्वमा नेपाली कांग्रेस परित्याग गरेर करिब १ सय जना नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका हुन् ।
शनिवार सुनापति गाउँपालिकास्थित साँधिडाँडामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य पार्वती थापा, धावा लामा र प्रदेश सांसद युवराज चौलगाईंले उनीहरुलाई पार्टीमा स्वागत गरे । सुनापति गाउँपालिका वडा नम्बर–५ बाट बलराम खड्काको नेतृत्वमा ४० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सुनापति गाउँपालिकाको वडा नम्बर–२ र वडा नम्बर–३ बाट पनि धेरैले कांग्रेस परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले बताए ।
-_d9tkuAZ9CH.jpg)
सुनापति–५ स्थित खनियापानीबाट माओवादीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस गाउँपालिका समितिका सदस्य बलराम खड्का र तेजबहादुर श्रेष्ठसहित ४० जना छन् । बलराम खड्का जलदेवी मध्यमिक विद्यालयको नव निर्वाचित अध्यक्ष हुन् ।
खनियापानीबाट कांग्रेस परित्याग गर्नेहरमा राजु खड्का, ज्ञानकुमार श्रेष्ठ, आनन्द बुढाथोकी, मोतिराम श्रेष्ठ, कुमार खड्का, मेजर खड्का, अनिल तामाङ, डल्लीमाया श्रेष्ठ र लक्ष्मी श्रेष्ठसहित छन् । नेपाली कांग्रेस परित्याग गरेर प्रवेश गर्नेहरुलाई उपयुक्त जिम्मेवारी दिइने सुनापति गाउँपालिकाका अध्यक्ष तामाङले बताए । उनले भने–‘उहाँहरुको क्षमताको मूल्यांकन गरेर उचित जिम्मेवारी दिइने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण