आजपा केन्द्रीय सदस्य एमालेमा प्रवेश

रौतहट । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आमजनता पार्टी (आजपा)का एक केन्द्रीय नेता नेकपा एमालेमा प्रवेश गरेका छन्। रौतहट गुजरा नगरपालिकाका मेयरका प्रत्याशी समेत रहेका शेख एकरामुल पार्टी परित्याग गरी नेकपा एमाले मा प्रवेश गरेका हुन्। सोमवार एमाले जिल्ला पार्टी कार्यालय गौरमा एक कार्यक्रमकाबीच सेख एकरामुललाई एमाले केन्द्रीय सदस्यद्धय रेखा झा र अजय गुप्तासहित जिल्ला संयोजक सचिनानन्द साह ,मधेस प्रदेश सदस्य हरिवंश मैनालीले संयुक्त रूपमा स्वागत गरे ।
उक्त अवसरमा पार्टी जिल्ला सदस्य पदम श्रेष्ठ लगायतको उपस्थिति रहेको एमाले गुजारा नगर संयोजक युवराज ज्ञवालीले जानकारी दिए ।
गत स्थानीय तहको निर्वाचनमा गुजरा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले टिकट नदिएपछि उनी प्रभु साहको पहलमा एमाले पार्टी प्रवेश गरी एमालेको टिकटबाट मेयर पदमा चुनाव लडेका थिए।
तर प्रभुले नयाँ पार्टी बनाएपछि उनलाई सघाएका एकरामुल फेरि आजपामा भविष्य नभएको भन्दै सोमवार एमाले पार्टी प्रवेश गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित
-
राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट फिल्म गायब भएपछि ‘प्रकाश’ टिम पुग्यो अदालत
-
आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता
-
इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति
-
रातोपाटी ब्रिफिङ : चर्किँदो शिक्षक आन्दोलनदेखि शेखर–गगन पक्षको ओरालो यात्रासम्म
-
अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद