मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

एसईई नतिजामा पहिलो बनेको रिलायन्स इन्टरनेशनल एकेडेमी बागमती सरकारबाट पुरस्कृत

मङ्गलबार, ०२ असोज २०८०, २१ : ३६
मङ्गलबार, ०२ असोज २०८०

काठमाडौँ । बागमती प्रदेशमा संस्थागत विद्यालयतर्फबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा पहिलो बनेको रिलायन्स इन्टरनेशनल एकेडेमी बागमती प्रदेश सरकारबाट सम्मानित भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा एकेडेमीलाई पुरस्कृत गरेको हो ।

गत वर्ष रिलायन्सबाट १ सय १६ जना विद्यार्थीले एसईई दिएका थिए । जसमा ३.७६३४ औसत जीपिए प्राप्त गर्दै रिलायन्स बागमती प्रदेशभरमै प्रथम बनेको हो । मन्त्रालयले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा कम्तिमा ३५ जना परीक्षार्थी सहभागी गराएको हुनुपर्ने प्रमुख मापदण्ड बनाएर नतिजा निकालेको थियो । त्यस्तै, विद्यालयले प्राप्त गरेको औसत जीपीएलाई सुत्रबाट गणना गरी नतिजा निकालेको मन्त्रालयले जनाएको छ ।

reliance

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित कपनमा रहेको एकेडेमीले एसएलसीदेखि एसईईसम्म आइपुग्दा उत्कृष्ट नतिजा हात पार्दै आएको छ । २०५० सालदेखि सञ्चालनमा रहेको उक्त एकेडेमीले २०७० सालको एसएलसी र २०७५ सालको एसईई परीक्षामा समेत उत्कृष्ट नतिजा हासिल गरेको थियो ।

आधुनिक शिक्षण सिकाई, अनुभवी शिक्षक शिक्षिका, कुशल व्यवस्थापक, अनुशासित शैक्षिक वातावरण, आकर्षक भौतिक पूर्वाधार जस्ता कुराले वर्षेनी रिलायन्स एकेडेमीले उत्कृष्ट नतिजा हात पार्ने गरेको रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रवीन्द्रजंग थापाले बताए । ‘हामीले यो जुन सफलता पाएका छौँ त्यसको श्रेयको भागिदार शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक सबै हुनुहुन्छ,’ उनले भने, ‘यो अवसरमा हाम्रो विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरुमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।’

संस्थागत विद्यालयअन्तर्गत दोस्रो स्थानमा बालुवाटारस्थित विज् किड्स इन्टरनेशनल स्कुल र तेस्रो स्थानमा गोंगबुस्थित फ्लुरेसेन्ट सेकेण्डरी स्कुल रहेका छन् । त्यस्तै, सार्वजनिक विद्यालयअन्तर्गत भने भक्तपुर तेखापुखुस्थित मेघा माध्यमिक विद्यालय पुरस्कृत भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप