गौर कारागारबाट १० जना कैदी बन्दी रिहा हुँदै
रौतहट । रौतहटको सदरमुकाम गौर कारागारबाट संविधान दिवसको अवसरमा १० जना कैदी बन्दी रिहा हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर एेन २०७४ अनुसार बाँकी कैद माफी मिनाहा भएपछि १० जना कैदी रिहा हुन लागेको रौतहटका सिडिओ धर्मेन्द्र कुमार मिश्रले बताए।
५० प्रतिशत कैद भुक्तान गरी ८ जना कैदी रिहा हुँदै छन् भने दुई जना ४० प्रतिशत कैद भुक्तान गरी रिहा हुने भएका छन्।
रिहा हुनेहरूमा रौतहट वृन्दावन नपा ४ का सवारी ज्यान मुद्दाका दीपेश प्रसाद, मौलापुर ७ का सवारी ज्यान मुद्दाका लालमोहन शर्मा, कर्तव्य ज्यान मुद्दामा रहेका चन्द्रपुर–३ का राजन कुमार, चोरी मुद्दाका चन्द्रपुर ४ का दीपेश भन्ने खर्क बहादुर पीठकोटी, बहुविवाह मुद्दामा चन्द्रपुर ६ का जीत बहादुर भुलन र कविता भन्ने पूर्ण कुमारी फुयाँल रहेको गौर कारागार प्रमुख जेलर मणिभुषण साहले बताएका छन।
त्यसैगरी सवारी ज्यान मुद्दामा रहेका गौर–१ का सोनु कुमार महतो, डाँका मुद्दामा रहेका गौर ९ का प्रेमाशंकर यादव, कुटपिट अङ्गभङ्ग मुद्दामा रहेका सर्लाही बलरा–३ का प्रदीप मिश्रा, र कर्तव्य ज्यान मुद्दामा रहेकी महोत्तरी नगरपालिका– ५ की सुमित्रा देवी रिहा हुन लागेको जेलर साहले बताए । प्रदीप मिश्रा र सुमित्रा देवीले ४० प्रतिशत कैद भुक्तान गरेको जेलर साहले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मन्त्रीको मनपरी : भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट ५ करोडको योजना
-
बेन स्टोक्सको आश्चर्यजनक संन्यास
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
-
रास्वपाको प्राक्टिस त्यही एमालेजस्तै त भयो, कांग्रेसको जत्ति पनि भएन
-
शरीरमा कुन रोग लाग्दा आँखामा कस्तो लक्षण देखिन्छ? जान्नुहोस् १० सङ्केत
-
कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण