शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
संविधान दिवसका अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम (तस्बिरहरु)
सन्दर्भः संविधान दिवस

संविधान दिवसका अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम (तस्बिरहरु)

बुधबार, ०३ असोज २०८०

काठमाडौँ । संविधान दिवस, २०८० का अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । 

टुँडिखेलमा आयोजना गरिएको संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललगायतका विशिष्ट व्याक्तित्वहरुको उपस्थिति रहेको छ । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया