संविधानले दिएका अधिकारको कार्यान्वयन नहुँदा जटिलता आयो : मुख्यमन्त्री चौधरी

बुटवल । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस मनाइएको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा दाङमा प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको हो ।
सो अवसरमा बोल्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानले दिएका अधिकारहरू कार्यान्वयन नहुँदा जटिलता आइरहेको बताए ।
उनले संविधानले तोकेको अधिकार संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन नचाहेको बताए । यसले संघीयता कार्यान्वयनमा समस्या रहेको उनको दाबी छ ।
संविधान कार्यान्वयनमा संघीय सरकारले बाधा पुर्याइरहेको भन्दै उनले संविधान अनुसार अधिकार बाँडफाँट हुनुपर्ने बताए ।
उनले भाषा, धर्म, संस्कृतिको संरक्षण गर्ने, सबै खाले विभेदको अन्त्य गर्ने विषयमा संविधान उत्कृष्ट रहेको बताए ।
संविधान कार्यान्वयनका विषयमा सबै निकायबीच समन्वय र सहकार्य हुनुपर्ने उनको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा