आठ घण्टाभन्दा बढी छलफलपछि महिला आरक्षण विधेयक भारतको लोकसभाबाट पारित
नयाँ दिल्ली । भारतको लोकसभामा महिला आरक्षण विधेयक पारित भएको छ। विधेयकको पक्षमा ४ सय ५४ र विपक्षमा मात्र दुई सांसदले मतदान गरेका थिए ।
संसद्को नयाँ भवनमा मंगलबारदेखि प्रक्रिया सुरु भएको छ । पहिलो दिन कानुनमन्त्री अर्जुनराम मेघवालले महिला आरक्षणसम्बन्धी विधेयक पेश गरेका थिए ।
यस विधेयकमा महिलालाई संसद् र सभामा ३३ प्रतिशत आरक्षण दिने व्यवस्था गरिएको छ । महिला आरक्षणका लागि पेश गरिएको विधेयक १२८औँ संविधान संशोधन विधेयक हो।
संशोधनमा के ?
विधेयकमा लोकसभा, राज्य सभा र राष्ट्रिय राजधानी क्षेत्र दिल्ली विधानसभामा एक तिहाइ सिट महिलाका लागि आरक्षित हुने उल्लेख छ। यसको मतलब लोकसभाको ५ सय ४३ सीटहरू मध्ये १ सय ८१ सीटहरू महिलाका लागि आरक्षित हुनेछन्।
लोकसभा र राज्य विधानसभाहरूमा अनुसूचित जाति (एसी) र अनुसूचित जनजाति (एसटी) को लागि सीटहरू आरक्षित छन्। यी आरक्षित सिटमध्ये एक तिहाइ अब महिलाका लागि आरक्षित हुनेछन् ।
हाल लोकसभामा १२१ सीटहरू एससी-एसटी को लागि आरक्षित छन्। महिला आरक्षण विधेयक ऐन बनेपछि यीमध्ये ४३ सिट महिलाका लागि आरक्षित हुनेछन् । यी ४३ सिटलाई सदनमा महिलाका लागि आरक्षित कुल सिटको एक हिस्साको रूपमा गणना गरिनेछ।
अर्थात् महिलाका लागि आरक्षित १ सय ८१ सिटमध्ये १ सय ३८ सिटमा जुनसुकै जातका महिलालाई उम्मेदवार बनाउन सकिनेछ अर्थात् ती सिटमा पुरुष हुन नपाउने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बुँदे ‘हेटौँडा घोषणापत्र’ जारी गर्दै सकियो बागमती मिडिया सम्मेलन
-
विश्वकप खेल्न अमेरिका पुगेका इराकी स्ट्राइकरलाई विमानस्थलमै सात घण्टा केरकार, फोटोग्राफरलाई देश प्रवेशमा रोक
-
रास्वपा प्रदेश अधिवेशन कार्यविधि : को–को हुन्छन् प्रतिनिधि ? कसरी चुनिन्छन् ?
-
दिल्लीमा रास्वपा सरकारका पाँच प्राथमिकता
-
नौ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको एघारौँ सम्मेलन सम्पन्न
-
किन उत्तर कोरिया जाँदैछन् सी जिनपिङ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण