गणतान्त्रिक योध्दा खेमराज भट्ट मायालुको निधन
शुक्रबार, ०५ असोज २०८०, ०८ : ५३

काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार तथा पूर्व मन्त्री खेमराज भट्ट मायालुको निधन भएको छ ।
क्यान्सर रोगको उपचाररत गणतान्त्रिक योध्दा भट्टको बिहीबार निधन भएको हो । उनी काठमाडौँको वीर अस्पतालमा उपचाररत थिए ।
२०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएर केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका मायालु गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन् ।
रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम विस्फोट गराएको थियो । मायालु त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दर्ता
-
लोकसेवाको उत्तरपुस्तिका आफैँ बोकेर गएपछि...
-
१० बुँदे घोषणापत्र जारी गर्दै सकियो युवा सम्मेलन
-
सुपथ मूल्यका औषधी तीन वटै तहमा उपलब्ध गराउनका लागि सहजीकरण समिति गठन
-
शान्तिपूर्ण आन्दोलन भड्काउने काम नहोस् : कमल थापा
-
राति १० बजेपछि होटल रेष्टुरेन्ट बन्द गराएको भन्दै सीडीओलाई व्यवसायीको ज्ञापनपत्र