कलाकारलाई प्रधानमन्त्रीकाे प्रश्न : दार्जलिङको रेलमा गीत बनाउनुहुन्छ, जनकपुरको किन नदेखेको ?
मङ्गलबार, ३० वैशाख २०८२, १६ : ४३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि अब रेलको कुरा नयाँ नभएको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘सिनेपा’ चलचित्र छायांकन स्टुडियो निर्माण शभारम्भ उद्घोष गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
‘जनकपुरमा रेल कुदिरहेको छ, तपाईंहरू गीत बनाउनुहुन्छ, दार्जलिङको रेल,’ प्रधानमन्त्री ओलीले भने, ‘किन जनकपुरको रेल नदेखेको ।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले दोलखाको फिल्म सिटी बनाउन फिल्म जगत लागेको बताउदै आफूले पालुङटारमा फिल्म सिटी बनाऔँ भनेर भनेको बताए ।
‘त्यहाँ गजब हुन्छ । पालुङटारमा फिल्म सिटी बन्दा फिल्मकर्मीलाई छायांकनका लागि धेरै फाइदा हुन्छ’, प्रधानमन्त्री ओलीले ‘विदेशी फिल्मलाई पनि लोभ्याउन सकिन्छ ।’ प्रधानमन्त्री ओलीले पालुङटारमा फिल्म सिटी बनाउने भनेर आफुले कलाकारलाई बुझाउन नसकेको धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण