कलाकारलाई प्रधानमन्त्रीकाे प्रश्न : दार्जलिङको रेलमा गीत बनाउनुहुन्छ, जनकपुरको किन नदेखेको ?
मङ्गलबार, ३० वैशाख २०८२, १६ : ४३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि अब रेलको कुरा नयाँ नभएको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘सिनेपा’ चलचित्र छायांकन स्टुडियो निर्माण शभारम्भ उद्घोष गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
‘जनकपुरमा रेल कुदिरहेको छ, तपाईंहरू गीत बनाउनुहुन्छ, दार्जलिङको रेल,’ प्रधानमन्त्री ओलीले भने, ‘किन जनकपुरको रेल नदेखेको ।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले दोलखाको फिल्म सिटी बनाउन फिल्म जगत लागेको बताउदै आफूले पालुङटारमा फिल्म सिटी बनाऔँ भनेर भनेको बताए ।
‘त्यहाँ गजब हुन्छ । पालुङटारमा फिल्म सिटी बन्दा फिल्मकर्मीलाई छायांकनका लागि धेरै फाइदा हुन्छ’, प्रधानमन्त्री ओलीले ‘विदेशी फिल्मलाई पनि लोभ्याउन सकिन्छ ।’ प्रधानमन्त्री ओलीले पालुङटारमा फिल्म सिटी बनाउने भनेर आफुले कलाकारलाई बुझाउन नसकेको धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै छोराछोरीलाई देशमै सपना देखाउन सक्दैनौँ भने राजनीति गरेको के अर्थ ?
-
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
-
खाली नालीमा फोहोर थुप्रिदा अत्तरियामा डुबानको समस्या
-
सङ्घीयताप्रतिको बुझाइ नै बेठिक भयो : जनार्दन शर्मा
-
खोप लगाउन छुटेकालाई आज पुनः सेवा दिइँदै
-
दोस्रो चरणको अभियानमा भाग लिन माओवादी शीर्ष नेताहरू भोलि डडेलधुरा जाँदै