‘राति मुसा समाउने, बिहान पूजापाठ गर्ने अभिनय राजनीतिमा सुरु भयो’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अभिनय सुरु भएको बताएका छन् । मंगलबार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राति मुसा समाउने र बिहान भएपछि पूजापाठ गरेर रुद्राक्ष माला लगाएझैँ गरी चाखो बन्ने अभिनय राजनीतिमा पनि सुरु भएको बताए ।
उनले नयाँ संस्करणको राजनीतिमा भगवानको नाम जप्ने तर काम भने राक्षसको जस्तो गर्ने प्रवृत्ति सुरु भएको टिप्पणी गरे । प्रधानमन्त्री ओलीले भने, ‘आजकाल राजनीतिमा पनि अभिनय आएकै छ । राति राति मुसा झ्याप्प,झ्याप्प, झ्याप्प पाल्यो, बिहानै भएपछि यस्तो लगाएर (ठाडो टिका), घण्टी बाँधेर, पाखुरामा रुद्राक्ष बाँधेर यसरी निस्किन्छन् मान्छे की मंगलम भगवान विष्णु... । शान्ति ओम्, शान्ति ओम्, शान्ति ओम् । बाघको पञ्जा चाहिने बेलामा मात्रै निस्किन्छ । अघिपछि टेक्दा पनि नङ्ग्रा हुँदैन । पञ्जा मात्रै हुन्छ । दाह्रा पनि चाहिएको बेलामा मात्रै देखिने रहेछ । यो पनि राजनीतिमा अलिअलि चल्न थालेको छ । अहिले यो नयाँ संस्करणमा । तर राजनीतिको आचरण त्यस्तो होइन, राजनीति न सेन्टिमेन्टमा न अभिनयमा देश बदल्न सकिन्छ । बदल्न भनेको यथार्थमा बदल्ने हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण