दुई महिनामा विदेशी लगानी प्रतिबद्धता १८ अर्ब
काठमाडौं । मुलुकको आन्तरिक अर्थतन्त्रमा समस्या देखिएको अवस्थामा विदेशी लगानी प्रतिबद्धता भने केही सकारात्मक देखिएको छ । चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो दुई महिना (साउन भदौ ) मा करिब १८ अर्ब रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।
विभागका अनुसार भदौमा पाँच अर्ब ८८ करोड ८५ लाख रूपैयाँ र साउनमा करिब ११ अर्ब ९६ करोड रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । भदौसम्म नयाँ उद्योगमा १४ अर्ब ६५ करोड रूपैयाँ र सेयर पर्चेज एग्रिमेन्ट ९एसपिए० मा तीन अर्ब २० करोड रूपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
भदौमा मात्र ५१ वटा नयाँ उद्योगमा दुई अर्ब ७२ करोड २४ लाख रूपैयाँ र एसपिए र एसएसएमार्फत् ११ वटा उद्योगमा तीन अर्ब १६ करोड ६१ लाख रूपैयाँ लगानी प्रतिवद्धता जनाइएको छ ।
भदौसम्म विभागमा दर्ता भई लगानी प्रतिबद्धता जनाएका उद्योगबाट पाँच हजार पाँच सय दुई जनाले रोजगारी पाउने छन् । यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
-
३५ वर्षमुनिका युवालाई प्राथमिकता दिँदै कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि
-
मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने काम सरकारको हो : अध्यक्ष मगर
-
गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
-
नेपाली राजनीतिको दुर्भाग्य : उत्साहप्रद आरम्भ र दर्दनाक अन्त्य
-
काठमाडौँ फर्किए प्रधानमन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण