दुई महिनाको अवधिमा वस्तु आयातमा २ खर्ब ५९ अर्ब बाहिरियो

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को दुई महिनाको अवधिमा वस्तु आयातमा २ खर्ब ५९ अर्ब रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिनामा वस्तु आयातबापत उक्त रकम बाहिरिएको हो ।
यद्यपि, यो गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिको तुलनामा ५.०६ प्रतिशतले कम हो । गत वर्षको साउन र भदौ महिनामा विदेशबाट २ खर्ब ७३ अर्ब रुपैयाँ बाहिरिएको थियो ।
यस्तै, यस अवधिमा नेपालबाट २६ अर्ब ४४ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो गत वर्षको यही अवधिको तुलनामा ७.७९ प्रतिशतले न्यून हो । गत वर्षको दुई महिनामा नेपालबाट २८ अर्ब ६८ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।
आयात र निर्यात नै खुम्चिएसँगै व्यापार घाटा समेत ४.७४ प्रतिशतले खुम्चिएको छ । दुई महिनाको अवधिमा नेपालको व्यापार घाटा २ खर्ब ३३ अर्ब रुपैयाँ छ । गत वर्षको यही अवधिमा नेपालको व्यापार घाटा २ खर्ब ४४ अर्ब रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान, अफगानिस्तानलगायत यी १२ देशका मानिसहरूलाई ट्रम्पले अमेरिका यात्रामा लगाए प्रतिबन्ध
-
न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ : कमल थापा
-
पुटिनसँग कुरा गरेपछि ट्रम्पले युक्रेनलाई दिए यस्तो चेतावनी
-
प्रियङ्का अभिनीत ‘सबैलाई छोडेर’ गीत सार्वजनिक
-
कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव
-
मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु