सुन काण्डमा मुछिएका कर्मचारीसँग बयान लिने तयारी
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग कनेक्सन देखिएर विवादमा आएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीलगायतका सुन काण्डमा मुछिएका कर्मचारीलाई छिट्टै बयानमा बोलाउने भएको छ ।
तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहितका कर्मचारीको सम्पत्ति छानबिन थालिरहेको अख्तियारले उनीहरूलाई छिट्र्टै बयानमा बोलाउने तयारी गरेको हो । अख्तियारले उनीहरूका बारेमा विस्तृत अनुसन्धान गरिरहेको छ ।
साथै, यसअघिको ९ किलो सुन तस्करीमा संलग्न रहेका र प्रहरी हिरासतमा रहेका कर्मचारीहरूको पनि कल डिटेल्सको बारेमा अख्तियारले छानबिन थालेको छ । ६१ किलो सुन तस्करी प्रकरणमा मुछिएर पक्राउ परेका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल, एक्सरेका कर्मचारी सन्तोष श्रेष्ठमाथि छानबिन जारी रहेको र उनीहरूलाई छिटै बयानमा बोलाइने अख्तियार स्रोतले जानकारी दिएको छ ।
यसै गरी ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नायब सुब्बा रेवन्त खड्कामाथि समेत अख्तियारले छानबिन गर्दै आइरहेको छ । स्रोतका अनुसार अख्तियारले तत्कालीन महानिर्देशक अधिकारीले सुन तस्कर दावासँग गरेका विभिन्न व्यावसायिक डिल तथा अन्य आर्थिक कनेक्सनका बारेमा समेत गहिरो गरी छानबिन गरिरहेको छ ।
दावा र अधिकारीबीच पटक पटक विच्याटमा कुराकानी हुने गरेको र सो क्रममा व्यापारिक डिलसमेत हुने गरेको प्रमाण सीआईबीले फेला पारे पनि अधिकारीमाथि राजनीतिक पहुँचका कारण मुद्दा दायर हुन सकेको थिएन ।
अख्तियार स्रोतका अनुसार अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारीको पोखराका विभिन्न होटलमा लगानी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अधिकारीको अन्य ठाउँमा भएका लगानीका बारेमा पनि खोजी गरिरहेका छांै, केही विषयहरू पहिचान भइसकेकाले अब छिट्टै बयानमा बोलाउने छौं’ –अख्तियार स्रोतले भन्यो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
-
३५ वर्षमुनिका युवालाई प्राथमिकता दिँदै कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि
-
मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने काम सरकारको हो : अध्यक्ष मगर
-
गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
-
नेपाली राजनीतिको दुर्भाग्य : उत्साहप्रद आरम्भ र दर्दनाक अन्त्य
-
काठमाडौँ फर्किए प्रधानमन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण