भारतको वायु सेनामा सी–२९५ विमान सामेल
सोमबार, ०८ असोज २०८०, १४ : ३८

नयाँ दिल्ली । भारतीय वायु सेनाले सोमबार पहिलो सी–२९५ विमान समावेश गरेको छ । रक्षामन्त्री राजनाथ सिंहको उपस्थितिमा हिंड्न वायु सेना स्टेसनमा एक समारोहको आयोजना गरेर यस विमानलाई औपचारिक रूपमा वायु सेनामा सामेल गरिएको हो ।
केन्द्रीय राज्य मन्त्री जनरल भीके सिंहले भारतीय वायु सेनाका लागि यो ठुलो काम भएको बताए । सी–२९५ समसामयिक प्रविधियुक्त ५ देखि १० टन क्षमता भएको परिवाहन विमान हो ।
यसले कुनै पनि मिसन पूरा गर्न सक्ने सेनाको भनाई छ । यो विमानलाई ११ घण्टाको उडान क्षमतासहित कुनै पनि मौसममा सञ्चालित गर्न सकिनेछ । यसलाई मरुभूमिदेखि समुद्री वातावरणसम्ममा दिन र रात दुवै समयमा युद्ध अभियानमा प्रयोग गर्न सकिने उल्लेख छ । यो विमानले सेनालाई एक ठाउँदेखि अर्को ठाउँमा लैजान र कार्गोको रूपमा काम गर्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बुझाउने म्याद थपको सूचना पुनः जारी
-
द्वन्द्व रोक्न किन तम्सियो अमेरिका ?
-
प्रधानमन्त्री ओलीले शुभारम्भ गरे बनेपामा बन्ने फिल्म स्टुडियो ‘सिनेपाः’
-
यसअघि प्रधानमन्त्री हुँदा अहिलेको जस्तो पैसाको हाहाकार थिएन : प्रधानमन्त्री
-
रवीन्द्र मिश्र पक्राउ प्रकरण : सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
-
नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबिच सम्झौता