आईसीसी टेस्ट च्याम्पियनसिप फाइनल : दक्षिण अफ्रिकी टोलीको घोषणा, कागिसो राबडाले पनि स्थान पाए

काठमाडौँ । आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलका लागि दक्षिण अफ्रिकी टोलीको घोषणा गरिएको छ । दक्षिण अफ्रिका क्रिकेट बोर्डले मङ्गलवार टेम्बा बाभुमाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेल जुन ११ तारिखदेखि इङ्ल्यान्डको लर्डसमा सुरु हुनेछ । फाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियाको सामना गर्नेछ । प्रतिबन्धित औषधि सेवन गरेका कारण निलम्बनमा परेका कागिसो राबडालाई पनि दक्षिण अफ्रिकी टोलीमा स्थान दिइएको छ ।
टोलीमा लुङ्गी एनगिडीले पनि स्थान पाएका छन् । उनले चोटपछि टोलीमा पुनरागमन गरेका हुन् । सन् २०२३–२५ सिजनको वर्ल्ड टेस्ट च्याम्पियनसिपमा दक्षिण अफ्रिकाले कुल १२ खेल खेलेका छ । त्यसमध्ये आठ खेलमा दक्षिण अफ्रिका विजयी भएको छ ।
दक्षिण अफ्रिका अंक तालिकाको पहिलो स्थानमा रहँदै फाइनलमा पुगेको हो । दक्षिण अफ्रिकी टोलीमा टेम्बा बाभुमा (कप्तान), एडेन मारक्रम, लुङ्गी एनगिडी, टोनी डी जर्जी, डेभिड बेडिङ्घम, केशव महाराज, ट्रिस्टन स्टब्स, कार्बिन बाश, सेनुरन मुथुसामी, मार्को जानसन, कागिसो राबडा, काइल वेरेन, डेन पेटरसन, वियान मुल्डर र रायन रिकेल्टन रहेका छन् ।
अस्ट्रेलियाले पनि आईसीसी टेस्ट च्याम्पियनसिपको फाइनलका लागि १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । अस्ट्रेलियन टोलीमा प्याट कमिन्स (कप्तान), स्कट बोल्यान्ड, क्यामरुन ग्रिन, जस हेजलउड, ट्राभिस हेड, जस इङ्लिस, उस्मान ख्वाजा, साम कोस्टस, म्याथ्यू कुहनम्यान, मार्नस लाबुशेन, नाथन लियोन, स्टिव स्मिथ, मिचेल स्टार्क र बीयू वेबस्टर रहेका छन् । ब्रेन्डन डोगेटलाई रिजर्भ खेलाडीका रुपमा टोलीमा स्थान दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच वर्षपछि ‘टोल ट्याक्स’ बिउँताउँदै सरकार
-
‘क्यानका अध्यक्षले मविरुद्ध षडयन्त्र गरे, निर्णय नसच्याइए न्यायालय जान्छु’
-
देश दुर्घटनाको छेउमा पुगेको छ : वामदेव गौतम
-
यस्ता छन् कर्णाली प्रदेश सरकारले ल्याउने आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)
-
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक, के-के भयो ?
-
नेप्से परिसूचकमा लगातार गिरावट