आईसीसी टेस्ट च्याम्पियनसिप फाइनल : दक्षिण अफ्रिकी टोलीको घोषणा, कागिसो राबडाले पनि स्थान पाए
काठमाडौँ । आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलका लागि दक्षिण अफ्रिकी टोलीको घोषणा गरिएको छ । दक्षिण अफ्रिका क्रिकेट बोर्डले मङ्गलवार टेम्बा बाभुमाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेल जुन ११ तारिखदेखि इङ्ल्यान्डको लर्डसमा सुरु हुनेछ । फाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियाको सामना गर्नेछ । प्रतिबन्धित औषधि सेवन गरेका कारण निलम्बनमा परेका कागिसो राबडालाई पनि दक्षिण अफ्रिकी टोलीमा स्थान दिइएको छ ।
टोलीमा लुङ्गी एनगिडीले पनि स्थान पाएका छन् । उनले चोटपछि टोलीमा पुनरागमन गरेका हुन् । सन् २०२३–२५ सिजनको वर्ल्ड टेस्ट च्याम्पियनसिपमा दक्षिण अफ्रिकाले कुल १२ खेल खेलेका छ । त्यसमध्ये आठ खेलमा दक्षिण अफ्रिका विजयी भएको छ ।
दक्षिण अफ्रिका अंक तालिकाको पहिलो स्थानमा रहँदै फाइनलमा पुगेको हो । दक्षिण अफ्रिकी टोलीमा टेम्बा बाभुमा (कप्तान), एडेन मारक्रम, लुङ्गी एनगिडी, टोनी डी जर्जी, डेभिड बेडिङ्घम, केशव महाराज, ट्रिस्टन स्टब्स, कार्बिन बाश, सेनुरन मुथुसामी, मार्को जानसन, कागिसो राबडा, काइल वेरेन, डेन पेटरसन, वियान मुल्डर र रायन रिकेल्टन रहेका छन् ।
अस्ट्रेलियाले पनि आईसीसी टेस्ट च्याम्पियनसिपको फाइनलका लागि १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । अस्ट्रेलियन टोलीमा प्याट कमिन्स (कप्तान), स्कट बोल्यान्ड, क्यामरुन ग्रिन, जस हेजलउड, ट्राभिस हेड, जस इङ्लिस, उस्मान ख्वाजा, साम कोस्टस, म्याथ्यू कुहनम्यान, मार्नस लाबुशेन, नाथन लियोन, स्टिव स्मिथ, मिचेल स्टार्क र बीयू वेबस्टर रहेका छन् । ब्रेन्डन डोगेटलाई रिजर्भ खेलाडीका रुपमा टोलीमा स्थान दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण