नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबिच सम्झौता
मङ्गलबार, ३० वैशाख २०८२, १६ : १४

काठमाडौँ । नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी कोष र गोदावरी नगरपालिकाबिच सम्झौता भएको छ ।
नगरपालिकाका शिक्षक, कर्मचारीको मासिक तलबाट पाँच सय रुपैयाँ र नगरपालिकाको शिक्षक, कर्मचारी कल्याणकारी कोषबाट पाँच सय रुपैयाँ थप गरी मासिक एक हजार रुपैयाँ नागरिक पेन्सन योजनामा जम्मा गर्ने विषयमा कोष र नगरपालिकाबिच सम्झौता भएको हो ।
सम्झौतामा नगरपालिकाको तर्फबाट नगर प्रमुख वीरेन्द्र भट्ट र कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले हस्ताक्षर गरेका छन् । यस योजनामा सहभागी शिक्षक, कर्मचारी र पालिकाको तर्फबाट जम्मा भएको रकमको आधारमा एकमुस्ट वा ६० वर्ष पुगेपछि पेन्सन उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मीको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीले जवाफ दिने
-
काठमाडौंमा आजदेखि ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना नेपालमा
-
कति पुग्यो डलरको मूल्य ? के छ विदेशी मुद्राको दरभाउ ?
-
साउदीमा कामविहीन भएका नेपाली श्रमिकलाई स्वदेश फर्काउने पहल सुरू
-
बार्सिलोनालाई २८ औं ला लिगा उपाधि, ‘बच्चा’ टोलीले गर्यो चमत्कार